नवकिरण प्लसमा सरकारी निकायको ध्यान कहिले जाने ? : संंस्थापक काफ्लेका कारण संस्था ओरालो लाग्दै

- श्रावण १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बाहिर मिठो र नरम शैलीमा प्रस्तुत हुने नवकिरण प्लसका संस्थापक राजीव काफ्लेका कारण नवकिरण प्लस सरकारको छानविनको दायरामा पर्ने भएको छ । नवकिरण प्लसलाई आज भन्दा १० वर्ष पहिले पनि यस्तै प्रकारको मुद्दामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पत्र काटेको थियो । त्यति बेला मुद्दा आफनै तौर तरिकाले मिलाए पनि अब भने उनको पक्षमा कोही नभएको र उनले गरेका कर्तुतको पर्दा फास हुने भएको छ । शुद्ध सामाजिक भावनाले प्रेरित भएर स्थापना गरिएको नवकिरण प्लसले एचआईभी एड्सको क्षेत्र राम्रो छवि बनाएर कार्य गरिरहेको नवकिरणलाई आफनो मागी खाने भाँडो बनाएका थिए ।
तर जब यसका संस्थापक काफ्लेलाई आर्थिक प्रलोभनको पाटोले छुन थाल्यो । यो संस्थाले अधोगतिको रुप धारण गर्न थालेको छ । नवकिरण प्लसलाई हिप्पी समाजमा परिवर्तन गर्न थालिएको पनि नवकिरणमा कार्यरत एक कर्मचारी बताउँछन् ।

१० वर्ष पहिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काटेको पत्र


गाँजालाई खुल्ला गर्नु पर्छ भन्ने सोचमा राखेर आन्दोलनमा होमीएका काफ्लेले आफनो फाइदाको लागि हरेक क्षेत्रमा हात हाल्ने र त्यसबाट फाइदा लिने गरेको पनि उनी सँग एक समय हातमा हात मिलाएर कार्य गर्नेहरु बताउने गर्छन् ।

नवकिरणको भित्रि खेल भने ठूलो रहेको संस्थाका बोर्डका पदाधिकारीहरु नै बताउँछन् । संस्थामा रहेको चल अचल सम्पत्तिलाई संस्थाको नाममा रुपान्तरण गर्न संस्थाका पदाधिकारीहरुले काफ्लेलाई बारम्बार दबाब दिंदा पनि काफ्लेले कानमा तेल हालेर बसेको ताकेता गुनासो पदाधिकारीहरुको छ ।
काफ्लेको कारणले अहिले नवकिरण प्लसले भष्ट्राचारको जालोमा पर्दै गईरहेको बताउँछन् संस्थाका पदाधिकारीहरु बताउँदै भन्छन् यसैको नतिजा हो सम्पत्ति शुद्धिकरणको १० वर्ष अघिको छापा ।
ती पदाधिकारी भन्छन् , यसले गर्दा समाज विभिन्न क्षेत्रमा रहेर एचआईभी एड्स संक्रमितहरुको लागि कार्य अन्य संस्थाहरुलाई कस्तो असर पर्छ । खाली आर्थिक मनोदशामा आफूलाई परिणत गर्ने बानी परेका काफ्ले सबै सम्पत्ति आफना नातेदारहरुको नाममा राखेको पनि पाइन्छ । बुढानिलकण्ठमा रहेको संस्थाको भवनलाई आफनो नाममा नामाकरण गरि काफ्ले आर्थिक लाभ हासिल गरेको नवकिरण प्लस स्रोतले जानकारी दियो ।
अहिले रहेको भवनलाई संस्थाको नाममा खरिद नगरि आफनै नाममा काफ्लेले खरिद गरेको पाइएको छ । बुढानिलकण्ठमा रहेको भवन पनि शंकर काफ्लेको नाममा खरिद गरेर काफ्ले स्वयंले भोगचलन गरिरहेको पनि बाहिरीएको छ ।
एचआईभी एड्स पिडितहरुको नाम र रगत बेचेर आएको डोनेसनलाई काफ्ले आफनो निजि स्वार्थको प्रयोग गरिरहेको कारण अहिले नवकिरण प्लसमा धराप सिर्जना भएको छ ।


एचआईभी एड्सको आफै सिकार भएपछि किन आफै सिकारी नहुने उनको मनमा फैलिएको कुरा हो । हो अहिले यहि सिकारी नै एचआईभी एड्सको क्षेत्र ठूलै माफिया भएर निष्केका छन् । एचआईभी एड्सको नाममा विभिन्न अन्तराष्ट्रिय संस्थाहरु सँग चन्दा (डोनेसन) लिएर संस्थालाई हाँकीरहेका काफ्लेलाई अहिले आर्थिक प्रलोभनले ठूलै रुपमा छोएको छ । उनी सँगै काम गरेका सुरेन्द्र शाह भन्छन् , अहिले एचआईभी एड्सको क्षेत्रमा काम गरेर प्रख्याति कमाएकोे नवकिरण प्लसमा बदनामीको दाग लाग्न थालेको छ ।
तर प्लसका संस्थापक काफ्लेले यी सबै हल्लाखल्लाको पछाडी आफना सहयात्री संस्थापाक शाहको हात रहेको बताउँदै आएका छन् । काफ्लेको यस्ता कुराको ठाडै अस्विकार गर्दै आइरहेका शाह एचआईभी एड्स संक्रमितको नाममा आएको सम्पत्ति उनीहरुले प्रयोग गर्न पाउनु पर्ने कुरा दोहोर्याउछन् ।
शाह भन्छन् , काफ्लेमा देखीएको आर्थिक प्रलोभनको जात्राले संस्थामा बेइजतीका दागहरु लाग्न थालेका छन् । अन्तराष्ट्रिय क्षेत्रबाट आउने डोनेसनको आधी भन्दा बढि हिस्सा काफ्लेले चलाउने गरेको नवकिरण प्लस स्रोतले जानकारी दियो । नवकिरण प्लस स्रोत भन्छ, बिगत देखी काफ्लेमा देखीएको आर्थिक प्रलोभनले गर्दा संस्था कहि पनि मुख देखाउन नसक्ने भै सकेको छ ।
काठमाडौंमा मात्र नभएर देशका विभिन्न जिल्लाहरुमा एचआईभी एड्स संक्रमित उपचारको लागि शाखा खोलेर काम गरिरहेको नवकिरण प्लसका काफ्लेले जिल्लामा कार्यक्रम गर्र्ने भन्दै करोडौं रकम घोटला गरेको काफ्ले निकट केही व्यक्तिहरु बताउन थालेका छन् ।
यति मात्र नभएर काफ्लेले संस्थाको नाममा भएको जग्गा देखी अन्य जिन्सी साधनहरु पनि आफनो नाममा राखेको नवकिरण प्लसका एक पदाधिकारीले कासिन सँगको कुराकानीमा बताए । काफ्लेका कारण अहिले धरापमा परेको नवकिरण प्लसलाई झन् धरापमा राख्ने खेलोमा काफ्ले लागेको पाइन्छ ।

नवकिरणका संस्थापकहरु

नवकिरण प्लसलाई बेलायत, फ्रान्स, डेनमार्क, विश्व बैंक युएन एड्स, सेभ दि चिल्ड्रेन लगायतका संस्थाहरुले बार्षिक रुपमा १५ करोड भन्दा माथि सहयोग गर्दै आएका थिए । काफ्लेमा देखीएको आर्थिक लालचीपनाका कारण अहिले आउने सहयोग पनि रोकिएको बताइन्छ । बिगतमा जति पनि डोनेसनहरु आए सबै काफ्ले समूहले आफनो निजी स्वार्थको लागि खर्च गरेको पिडितहरु बताउँछन् ।
काफ्लेमा देखीएको आर्थिक मनोपोलीका कारण सहयोग गर्ने दातृ राष्ट्रहरुले अहिले नवकिरण प्लसलाई सहयोग गर्न पनि छोडेका छन् । संस्थाले बुढानिलकण्ठमा खोलीएको एचआईभी एड्स पिडितहरुको अस्पतालमा समेत आर्थिक अनिमियता गरेर पिडितहरुलाई झन् पिडित बनाएको तथ्य पनि बाहिरीएको छ । आफना कार्यालयका कर्मचारीहरुलाई दिने तलव रकममा पनि काफ्ले घोटला गर्ने गरेको कर्मचारीहरु नै बताउँछन् । २० हजारको तलव स्केल देखाएर ५ ६ हजारमा दिने चलन पनि काफ्ले संस्थामा बसाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर