कोशी प्रदेश : मुख्यमन्त्रीका पदका लागि कांग्रेस र माओवादी केन्द्र दुबैको दावी
- श्रावण १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा माओवादी दलका नेता इन्द्र आङ्बोले मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए ।
मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पनि दाबी गरेका छन् । तर गठबन्धनमा रहेको अर्को दलले बहुमत पुर्याउन सक्छ भने नेतृत्व छाड्नसक्ने संकेत उनले गरेको बैठकमा सहभागी एक नेताले बताए ।
कोशीमा यसअघि असारमा पनि आङ्बोको नेतृत्वमा सरकार बनाउने लगभग सहमति भएको थियो । तर शीर्ष तहमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएपछि २१ असारमा कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री बने ।
११ साउनमा सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्यो । सरकार गठनका लागि थापाले पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षर गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो । साथै १७ गतेभित्र संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न परमादेश दिएको थियो ।
त्यसअनुसार प्रदेश प्रमुखले १६ गते अपराह्न ५ बजेसम्म दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments