मानव रुपी दानव : ५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक – महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी
- श्रावण १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेर पीडितले सुर्जमान मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार ऐन, २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताएका छन् । ५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
ल्लितपुर प्रहरीका अनुसार, पीडितले मालीसँगै धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएकी छन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिमदेखि ०७६ साउनसम्म पटकपटक बलात्कारमा परेकी थिइन् । मालीले सुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएको पीडितको भनाइ छ । तर, जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि हदम्याद नाघिसकेको भन्दै मानव बेचबिखनविरुद्धको कसुरमा मात्रै जाहेरी परेको हो ।
एसएसपी शाह भन्छन्, ‘तत्काललाई अनुसन्धान गर्दै जानका लागि मानवबेचबिखन सम्बन्धी कसुरमा जाहेरी लिएका छौं, अनुसन्धानका क्रममा थप खुले अनुसार गर्छौं ।’
मालीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुर हाजिर गराएर आइतबार हिरासतमा राख्न अनुमति लिने तयारी छ । यो घटनाकी पीडितले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments