धार्मीक स्थलको मुख्य पदमा बिवादित व्यक्ति : कोषको उपाध्यक्षमा प्रधानमन्त्री दाहालको विश्वासिलो पात्र लामाको दावी
- श्रावण १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आफना राजनीतिक सहयोगीहरुको भर्ती केन्द्र बनाइएका देशका विभिन्न खाले संरक्षण कोषहरु भर्ती केन्द्रको रुपमा नै चर्चित छन् । देश भित्र विभिन्न कोषहरु मध्ये एक पर्न आउँछ लुम्बिनी विकास कोष । भगवान बुद्धको जन्मस्थान । बुद्ध देखी हिन्दू धर्मावलम्बीहरुको भिड लाग्ने स्थान ।
यही धार्मीक स्थानमा सबै भन्दा राजनीतिक गन्धको धुप सुँघ्न पाइन्छ । देशले जब जब सत्ताको राजनीतिको रुप फेरेको हुन्छ । त्यति बेला नै यस्ता कोषहरुमा आफनो नियुक्तिको लागि राजनीतिक कार्यकर्ता देखी गन्यमान्य उधोगपति देखी विभिन्न क्षेत्रका व्यक्तिहरु आ आफनो पहुँचको तयारीमा लागेका हुन्छन् ।
यसै प्रसंगमा अहिले यस्ता चर्चामा रहेको पद मध्ये एक लुम्बिनी विकास कोषको उपाध्यक्ष पद । जसका लागि सम्वन्धित मन्त्रालयमा पावर सेयरिंगको कामहरु भै रहेका छन् । कोषको उपाध्यक्षको रुपमा रहेका अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को पदावधि साउन १५ गते सोमबार देखी समाप्त हुँदै छ ।
यो सँगै सो पदको लागि आकांक्षीहरुको दौडधुप तिब्र हुन् थालेको छ । सत्तालाई नेतृत्व दिइरहेको नेकपा माओवादी केन्द्र नै यो पदको प्रवल दावेदार हो । किनकी संस्कृति मन्त्रालय माओवादी केन्द्रको हातमा छ । मंन्त्री रहेका सुदन किराँतीलार्ई अहिले यो पदमा कसलाई नियुक्ति गर्ने भन्ने चर्को दवाब पर्न थालेको मन्त्रालय स्रोत बताउँछ ।
यसै बिच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री रहेका बौद्ध धर्म गुरु डा. ल्यारक्याल लामा (खेन्पो छिमे छिरिङ) सो पदका अग्रभागमा रहेका छन् । अन्य राजनिति पार्टीका शिर्ष नेताहरुले समेत डा. लामालाई नै उपाध्यक्ष बनाउन प्रधानमन्त्री, पर्यटन मन्त्रालय समक्ष आग्रह गर्दै आएका छन् । लामो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहाकार समितिमा समेत रहेर काम गरेका पूर्व मन्त्री लामा प्रधानमन्त्री दाहालको विश्वासिलो पात्रको रुपमा चिनिन्छन् ।
धार्मीक स्थलमा बिवादित व्यक्ति
तर उनको राजनीतिक पृष्ठभूमी भने त्यति राम्रो नभएको माओवादी केन्द्र स्रोत बताउँछ । अर्थराज्यमन्त्री हुँदा नै विवादको घेरामा परेका लामा बेलाबखत विभिन्न काण्डहरुमा मुछिने व्यक्ति पनि हुन् । त्यो बेला उनलाई दोहोरो नागरिकता काण्ड लागेको थियो ।
यसरी धार्मीक स्थलको सबैभन्दा महत्वपूर्ण पदका विवादीत व्यक्तिलाई नियुक्त दिन नहुने कुरा माओवादी केन्द्रमा नै चल्ने गरेको छ । तर प्रधानमन्त्री दाहालका एकदम बिश्वासीलो पात्र भएका कारण लामाले नियुक्ति पाउने सम्भावना धेरै छ किनकी सो पदका लागि अन्य व्यक्तिहरु खुलेर आएका छैनन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments