प्रहरी अनुसन्धान : ताम्राकारको सुसाइड नोट भन्छ – ‘इट्स अल माई फल्ट, यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेस्ट इन पिस।

- श्रावण १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भारतको बलिवुडमा प्राय देखीने अभिनेता र अभिनेत्रीहरुको आत्मा हत्याको गाँठोले अहिले नेपाललाई छुन थालेको छ । बलिवुडमा हुने गुमनाम मृत्यु बारे प्रहरी खासै चासो राख्ने गरेको पाइदैन् ।
तर नेपालमा भने अवस्था त्यस्तो छैन् ।नेपालमा भने प्रहरीले घटनाको अनुसन्धान गरेर त्यसलाई फत्ते गर्ने गरेको पाइन्छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, अभिनेता सारुक ताम्राकारको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो। ल्याबमा परीक्षण गर्दा ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ ।

कलाकार ताम्राकार घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । कलाकार ताम्राकार मृत्यको घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार उनले सुसाइड नोटमा कसैलाई पनि आक्षेप लगाएका छैनन्। उनले आफूबाट कमजोरी भएको र त्यसमा कसैलाई दुःख नदिन भनेर नोटमा लेखेको ती अनुसन्धान अधिकृतको भनाइ छ।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु होला। यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेस्ट इन पिस। धन्यवाद,’ ताम्राकारको सुसाइड नोटको ब्यहोरा उद्धृत गर्दै प्रहरी स्रतोले भन्यो।

ताम्राकार गत असार २१ गते, बिहीबार साँझ काठमाडौंको रातोपुलस्थित आफ्नो घरमा मृत फेला परेका थिए। प्रहरीले घटनास्थलमा चेकजाँच गर्दा कुनै नोट फेला पारेको थिएन्। घटनास्थलमा फेला परेको उनको मोबाइल प्रहरीले परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर