अर्थ /कारोवार : नेप्से २६ दशमलव १४ अंकले घट्यो
- श्रावण १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार तीन सय २७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फन्ड शून्य दशमलव ०४ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह दुई सय १० दशमलव ३७ अङ्क र जीवन बीमा समूह एक सय ८८ दशमलव १८ अङ्कले घटेको छ ।
आज बैंकिङ सात दशमलव ९८, विकास बैंक ५९ दशमलव १६, वित्त ४३ दशमलव ६५, होटल तथा पर्यटन एक सय २० दशमलव ८२ र जलविद्युत् ३३ दशमलव ६५ अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन ३२ दशमलव ७९, लघुवित्त ६५ दशमलव ३५, व्यापार ६० दशमलव ०९ र अन्य समूह २८ दशमलव ५१ अङ्कले घटेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता तीन दशमलव ५६ प्रतिशतले दरले बढेको छ भने सबैभन्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ७८ लाख ७४ हजार तीन सय ४९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको दुई लाख ६८ हजार सात सय ७४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments