फैलियो डेङ्गु : २ हजार ३ सय ५३ जनामा डेङ्गु पोजेटिभ- ८ जनाको मृत्यु
- श्रावण १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए ।
उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् । संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक पनि सञ्चालन गरिएको छ ।
डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए । धरानमा २४० वटै टोल विकास संस्थालाई डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments