पाकिस्तान बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो
- श्रावण १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।
यस पहिले प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका उल्लेख गरिएको थियो ।
खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले एएफपीसँग भने , “विस्फोटपछि अस्पतालमा लगिएका मध्ये ३९ जनाको मृत्यु भइसकेको छ भने १२३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।
प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको सङ्ख्याको पछिल्लो विवरणलाई पुष्टि गर्दै सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको बताउनुभयो । समाचार तयार पार्दासम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments