भगवान् श्री कृष्ण र खिरको किस्सा : राजासँग बाघचाल
- श्रावण १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भगवान् श्री कृष्णले एक दिन साधारण साधुको भेष बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा विभिन्न मन्दिरहरूमा निःशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने सर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्री कृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीनदुखिहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।
हामी संस्कृति र संस्कारमा साँच्चीकै धनी छौँ, खिर खानलाई कुनै कार्जे या उपलक्ष्य नै कुर्नपर्छ भन्ने पनि छैन, श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ अर्थात् श्रावणको मध्य विन्दु खिर कोलागि प्रचलित छ ।
रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाई सँगै यो दिनलाई खिर कैयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरू प्रशस्त हुने गर्दछन् जसलाई लैनो गाई तथा भैँसीहरूले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दूधको व्यापक बिक्री हुन्छ नेपालमा । बिहानैदेखि दूध पसलहरूमा भिडभाड हुने गर्दछ, आफ्नोलागि खिरको जोहो गर्न नभुलौँ है । ल है सहर तिर हो भने त डेरीमा अरू दिन ३-४ बजे सकिने दूध बिहान ९ नबज्दै सकिएला ढिलो हुँदा नपाइएला नि !
लगभग रोपाई सकिसकेको अवस्थामा छ यसपालि, बालीनाली सप्रियोस्, मानो खाएर मुरी उब्जाउन सकियोस्, आषाढ र श्रावणको दुःख मङ्सिर मा सुख र आनन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खिर जस्तै सेतो स्वच्छ र मिठो विचार हामीमा बनिरहोस्, खिरसङै शुभकामना !
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments