प्रधानमन्त्री निवासमा दाहाल र ओली बिच भेटवार्ता
- श्रावण १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटको बिषय सार्वजनिक गरिएको छैन् ।
तर उनीहरुबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटको मुख्य एजेण्डा संसदमा जारी अवरोध हटाउने रहेको बताए । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदमा अवरोध गरेको छ ।
प्रमुख सचेतक गिरीले भने, ‘छलफल जारी छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने हाम्रो माग छ । समिति बने सदन खुल्छ, नभए विरोध यथावत रहन्छ ।’ प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाएका छन् । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदैछन् ।
अवकाश हुनुभन्दा एक महिना अगाडि नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदले अहिलेसम्म प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments