१०० किलो सुन काण्ड : उपत्यकाको टोखामा भेटियो गोदाम – सुन पगाल्ने उपकरण सहित संकेत चिन्ह
- श्रावण १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सुन काण्डका नाइके मानिएका दावा छिरिङ र उनको सम्पर्कमा आएका आरोपितको बयानका आधारमा शनिबार दिउँसो टोखाको गोदाम राजस्व अनुसन्धान विभागले स्थान पत्ता लगाएको थियो । ‘लगत्तै सशस्त्र प्रहरीको विशेष टोलीसहित फ्याक्ट्री पुग्दा कोही पनि मानिस भेटिएनन् ।
तर, जे भेटियो त्यो अचम्मै थियो,’ सुरक्षा अधिकारी अनुसन्धानमा संग्लन अधिकारी भन्छन्, ‘रेडी ट्रेडर्सले ब्रेक सुमा सुन लुकाएर आयात गरेको वस्तु त मोटामोटी यस अघि भेटिएको थियो । तर, टोखाको फ्याक्ट्रीमा यसअघि नै भन्सार पास भएर हजारौं किलो सामान भित्रिएको र त्योबाट सुन छुट्ट्याउने काम भएको देखिन्छ ।’
टोखामा भन्सार पास भएर आएका सयौं बाक्सा भेटिएका छन् । हरेक बाक्साहरु विमानस्थल भन्सारबाट पास भएको त्यहाँ उपलब्ध कागजले प्रमाणित गर्छन् । ती बाक्साहरुमा कम्प्युटरको सीपीयू, पानी तान्ने मोटर, ग्यासको रेगुलेटर, स्पीकर, मिक्सचर, हिटर, मःम बनाउने मेशिनदेखि विद्युतीय भोल्टेज व्यवस्थापनमा काम गर्ने स्टेबलाइजरसम्म छन् ।
तर, बाहिरबाट हेर्दा ती सामान चुस्त दुरुस्त देखिन्छ । तर, कभरभित्रका यन्त्र उपकरण भने निकालिएको छ । अर्थात् सबै सामान खोक्रा छन् । कभरभित्र खाली गराएर त्यहाँ सुन लुकाएर ल्याएको विश्वास राजस्व अनुसन्धान विभागको छ ।
भट्ट हेर्दा स्टेबलाइजरजस्तो देखिने तर त्यसमा भित्रका सबै निकालेर खाली गराई सुन राखेर ल्याउने गरेको भेटिएको अधिकारीहरुले बताएका छन् ।
यस्तै मिक्सचर, पानी तान्ने मेशिन जस्ता हरेका विद्युतीय सामानमा सामान्य अवस्थामा नि वस्तु जस्तो हुनु पर्ने हो त्यस्तो नभएको पाइएको छ । बाहिर पानी तान्ने मोटर देखिए पनि त्यसको भित्री उपकरण नभएको र खोक्रो भाग टन्नै रहेको पाइएको छ ।
सुन तस्करहरुको सोह्रखुट्टे, बालुवाटार र लाजिम्पाटमा भेटिएको बाक्साहरुमा एउटा संकेत थियो पहेंलो टेप । तेस्रो मुलुकबाट आयात भएर भन्सार पास भएको बाक्सामा पहेंलो टेप लगाइएको थियो । तर, तस्करले त्यसलाई च्यातेर पुनः पानी टेप लगाएर रिप्याकेजिङ गरेका थिए ।
अधिकारीहरुकाअनुसार रेडी ट्रेडर्सले आयात गरेको वस्तुहरुको बाक्सामा पहेंलो टेप लगाइएको तस्करीको एउटा संकेतको रुपमा देखिएका छ । जुन टोखा फ्याक्ट्रीमा प्रशस्तै भेटिएका छन् । त्यहाँ रहेका सयौं बाक्साहरुमध्ये केही रिप्याकिङ गरिएको छ भने केहीमा पहेंलो टेप नै बाँकी छ । ‘रेडी ट्रेडर्स र दावा छिरिङ समूहले नै यो सबै वस्तु ल्याएकोमा शंका छैन तर यत्तिका धेरै वस्तु कसरी भन्सार जाँचपास भएर टोखा आइपुगे ? एक सुरक्षा अधिकारी चिन्ता व्यक्त गर्दै भन्छन्, ‘तस्करको ¥याकेट निकै ठूलो छ ।’
सुन पास हुँदाका एक्सरे मेशिनले देखाउने तस्वीर पनि राजस्व अनुसन्धान विभागले भन्सारबाट लिएको छ । एक्सरेहरू हेर्दा ती वस्तुमा सुन लुकाएर ल्याएको स्पष्ट देखिन्छ ।
सुन पगाल्ने उपकरण
यसअघि सोह्रखुट्टेमै फेला परेको जस्तो सुन पगाल्ने थप २ वटा मेशिन टोखामा पनि फेला परेको छ । विद्युत्मार्फत एसीड प्रयोग गर्दै फलामबाट सुन गाल्ने मेशिन र सुनको बिस्कुट बनाउने उपकरण पनि टोखामा फेला परेको छ । यी मेसिन चीनमै बनेका हुन् । एसिडमार्फत सुन छुट्ट्याउन धेरै पानी चाहिने भएका कारण भित्रै ठूलो इनार खनिएको पनि पाइएको छ ।
सुन पिट्ने काँटादेखि जोख्ने तौलने र सुन प्याकिङ गर्ने सबैखाले मेशिन फ्याक्ट्रीमा भेटिएको छ । विभागले फ्याक्ट्रीमा फेला परेको वस्तुको मुचुल्का गर्नै धेरै समय लाग्ने देखेको जनाएको छ । ‘एउटा मात्रै वस्तु छैन, सयौं थान छन्,’ त्यसलाई अहिले सिल गरेका छौं विस्तृत रुपमा केलाउनै बाँकी छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments