युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण, कुनै हताहत नभएको रूसको दाबी
- श्रावण १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको तर कुनै पनि व्यक्तिको मृत्यु नभएको क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् ।
अलेक्जेन्डर बोगोमाजले टेलिग्राममा भनेका छन्, “युक्रेनी सेनाले ट्रुब्चेभ्स्की जिल्लामा राति आक्रमण गरेको छ । यस जिल्लाको प्रहरी चौकीमा एउटा ड्रोन ठोक्किएको थियो । आक्रमणबाट झ्याल र छानामा क्षति पुगेको छ तर कुनै हताहती भने भएको छैन ।”
मस्को र क्रिमिया प्रायद्वीपलाई लक्षित गरी युक्रेनी ड्रोन खसालिएको र यसले राजधानीका दुई कार्यालय टावरमा क्षति पु¥याउनुका साथै एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि उडान अवरूद्ध भएकोे रूसले जनाएको छ ।
मस्कोलाई लक्षित गरी बनाइएको एउटा ड्रोन शहरको बाहिरी इलाकामा खसालेको र अन्य दुई ड्रोनलाई ‘इलेक्ट्रोनिक वारफेयरले दबाएर’ कार्यालय परिसरमा खसालेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।
युक्रेनी सीमाबाट करिब ५०० किलोमिटर (३१० माइल) टाढा रहेको मस्को र यसको वरपरको इलाकालाई युक्रेनमा जारी द्वन्द्वका बेला यस वर्ष कैयौँ ड्रोन आक्रमण भए पनि यसले कमै मात्रमा मानवीय निशाना बनाएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments