•  ११ पुष २०८१, बिहीबार

फिचर /दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : आँखाको दृष्टि होइन मनको दृष्टि भए पुग्छ

- श्रावण १६, २०८० मा प्रकाशित


कृष्ण दबाडी,
कास्की ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्ने सुनिता दबाडी दृष्टिविहीन हुन् । तर उनको साहसको कदर गर्न लोभ गर्नु हुन्न । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि उनमा एक प्रकारको जोश र उमंगले छोप्यो । जसको कुनै बयान गर्ने पाना नै छैन् ।
मानव जीवनमा शारिरीक रुपमा कमजोर हुनु भनेको निकै दुखदायी कुरा हो । तर यो कमजोरी कसैको श्राप हुन्छ भने कसैको लागि बरदान । यहाँ भने सुनिताको लागि बरदान सरी भएको छ । उनी दृष्टिविहीन हुन् । तर उनमा दृष्टिविहीन भएकोमा कुनै हिनताबोध छैन् । ‘ब्लाइन्ड रक’ नामक संस्थाको सदस्य रहेकी सुनितालाई पोखरामा प्याराग्लाइडिङ गर्ने ठूलो इच्छा थियो जुन अब पुरा भएको छ ।

बिहान उनी जब ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुगीन । त्यो बेला उनमा खुशीको सिमा रहेन । “प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । उडेर हावाको प्रेसरले माथि माथि जाँदा, दिशा परिर्वतन भएको अनुभव गर्न पाइयो । एकदमै रमाइलो लाग्यो ।” मुसुक्क हास्दै सुनिताले भनिन ।


पोखराको आकाशमा सुनिताजस्तै सोमबार दुई विदेशीसहित १० दृष्टिविहीनले हावामा कावा खाँदै प्याराग्लाइडिङ गर्नुभयो । साहसिक खेल प्याराग्लाइडिङ गर्न जो–कोही तत्कालै तयार हुँदैनन् । यसका लागि साहस चाहिन्छ, तर शारीरिकरूपमा फरक क्षमता भएका दृष्टिविहीनले समेत साहसिक खेलकुदको मज्जा लिए । दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाइन्ड रक्स’ संस्थाले मिलाएको थियो । प्याराइलाइडिङ गर्नेहरु एक–दुई जनाबाहेक सबैको पहिलो अनुभव थियो ।

बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्छिन। उनी समेत प्याराग्लाइडिङ गरेपछि उत्साहित थिइन । उनले कहिल्यै पनि हावामा कावा खाँदै रमाउने कल्पनासमेत गरेकी थिइनन । उनले भनिन , “आकाशमा उड्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ, नयाँ अनुभव हासिल भयो, मनमा खुुसीको सीमा नै छैन ।”

चाँदनीले दृष्टिीविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केही दिनदेखि नै थाहा पाएकी थिइन । तर आफूले पाउँछु कि पाउँदिन भन्ने उनलाई थाहा थिएन । अघिल्लो दिनमात्र गर्न पाउने भन्ने उनले जानकारी पाइन । उनले भनिन “मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो । आकाशमा उड्ने भनेपछि कस्तो हुने, आकाशमा कस्तो हुन्छ होला भन्ने थियो । तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो ।”

ब्लाइन्ड रक संस्थाका संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङको दोस्रो अनुभव थियो । उहाँले नै यस कार्यको अग्रसरता लिनुभयो र आफ्ना साथीहरूलाई अवसर प्रदान गरेकी थिइन । सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताइन ।

के.सीको प्याराग्लाइडिङको अनुभवन पनि रोमाञ्चक छ । बादलभित्र हराउँदाको खुसी उनले शब्दमा व्यक्त गर्न सक्दिनन । उनले भनिन , “मेरो पाइलटले बादल छुहाउन लैजानुभयो । बादलमाथि पुग्ने उचाइमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ । बादलभित्र हराउँदाको खुसीले मनमा छुट्टै उत्साह र ऊर्जा मिल्यो । जीवनमा सपना देख्न आँखा होइन, हिम्मत र आत्मबल चाहिन्छ र त्यो कहिल्यै पनि अपाङ्गता हुँदैन ।”

प्याराग्लाइडिङ पाइलट राम गौतमले दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको सुनाए । अन्य सामान्य नागरिकले आफैँले देखेर आनन्दित हुने खुुसीमा रमाउने गरे पनि दृष्टिविहीनलाई पाइलटले वर्णन गरिदिँदा उहाँहरूमा समेत अन्य नागरिकसरह उत्साहित भएको उनले बताए ।
उनले भने , “सामान्य नागरिक उडान भर्दा हिमाल, ताल, डाँडाकाँडा देखेर रमाउँछन् । दृष्टिविहीनलाई तपाईँ तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर वर्णन गर्छौैँ, यसो भन्दा उनीहरु उत्साहित हुन्थे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर