माओवादी केन्द्रले सदस्यहरुलाई भन्यो : खाने बस्ने व्यवस्था आफै गर्नुहोस् – खाजा पानी र स्टेशनरी पार्टीले दिन्छ
- श्रावण १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
खाजा, पानी र स्टेशनरीको व्यवस्था हुन्छ खाना र बस्ने बासको व्यवस्था सदस्य आफैले गर्नु पर्ने छ । नेकपा माओवादी केन्द्रले एक परिपत्र जारी गरि आफना सदस्यहरुलाई सो कुरा जानकारी गराएको छ ।
बुधबार बिहान ११ बजे देखी सुरु हुने माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक पाँच दिन सम्म चल्ने छ । सो अवधिभर सदस्यहरुले आफनो व्यवस्था आफैले गर्नु पर्ने छ ।
माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक अवधिभर बैठकमा सहभागीहरुले खाने–बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने बताए ।
बैठक हलको भाडा, मञ्च व्यवस्थापन, केन्द्रीय सदस्यहरुलाई खाजा, पानी, स्टेशनरी, झण्डा, ब्यानर लगायत बैठक व्यवस्थापनका काममा करिब २० लाख खर्च हुने अनुमान माओवादी केन्द्रले गरेको छ । प्रज्ञा भवनको ठूलो हल बुकिङका लागि मात्रै १० लाख भुक्तानी गरिएको केन्द्रीय कार्यालय स्रोतले बतायो ।
बैठकमा हुने खर्च पार्टीका नेता–कार्यकर्ताहरुको लेबी र केन्द्रीय सदस्यहरुको प्रवेश शुल्कबाट व्यवस्थापन गर्ने माओवादीले जनाएको छ । केन्द्रीय समिति बैठकमा सहभागीहरुलाई जनही पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना केन्द्रीय आयोगका सदस्य र १०० जना प्रदेश पदाधिकारी गरी जम्मा ७५८ जना सहभागी हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै विचार मिल्ने पार्टीसँग एकता गर्ने लगायतका विषयमा छलफल हुने छ ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । त्यसअघि महासचिव देवप्रसाद गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराउने छन् । बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीको तयारी छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments