हाम्रो छिमेकी : भारतको केरलमा महिला सरसफाई मजदुरहरुलाई पर्यो १० करोडको चिठ्ठा
- श्रावण १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतको केरल राज्यका ११ जना सफाई महिलाहरुले १० करोड भारतिय रुपैंया बराबरको चिठ्ठा हात पारेका छन् । ती महिलाहरुले संयुक्त रुपमा सो चिठ्ठा खरिद गरेका थिए । आफनो समूहलाई उक्त चिठ्ठा हात लाग्दा उनीहरुको खुशीले सिमा नाघेको थियो ।
उनीहरू मलप्पुरम जिल्लाको परप्पान्नगडी सहरका घरहरूबाट नकुहिने फोहोर सङ्कलन गर्छन्। सामान्यतया नगरवासीले प्रत्येक महिना तिर्ने शुल्कबाट उनीहरूले दैनिक २५० रुपैयाँजति ज्याला पाउँछन्।
कहिलेकाहीँ स्थानीय निगमले ती महिलाले जम्मा गरेर छुट्ट्याएको फोहोर बेच्छ र संकलित रकमको केही अंश उनीहरूलाई पनि दिन्छ।
तर त्यो रकम जीविकोपार्जनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ। अधिकांश महिलाले छोराछोरी पढाउन र अन्य खर्चका लागि ऋण लिएका छन्। धेरै भारतीय राज्यहरूमा चिट्ठा अवैध छ। केरलामा पनि निजी चिट्ठा कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। तर राज्य सरकार स्वयंले एउटा अत्यधिक लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको छ।
“एक पटक हामीले १,००० रुपैयाँको पुरस्कार जितेका थियौँ। त्यो रकम हामीले बाँडेका थियौँ,” समूहका लागि प्रायः टिकट खरिद गर्ने राधा भन्छिन्। गत महिना उनीहरूको समूहले २५० रुपैयाँ पर्ने मनसुन बम्पर पुरस्कारको चिट्ठा (विशेष अवसरहरूमा जारी गरिने चिट्ठा) खरिद गर्ने निर्णय ग¥यो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments