गाँजा माथिको प्रतिबन्ध हटाउ : उच्च पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने गाँजामा औषधीय गुण धेरै

- श्रावण १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सन् १९७६ मा नेपालले लागुपदार्थ नियन्त्रणसम्बन्धी कानुन बनाएपछि नेपालमा गाँजा खेती र यसको प्रयोग प्रतिबन्धित भयो । तर अहिले गाँजाको प्रतिबन्धको बिषयलाई लिएर चर्चा परिचर्चा चल्ने गरेको छ । आम नागरिक मात्र नभएर अहिले उच्च वर्गका मानिसहरु पनि गाँजा माथि लागेको प्रतिबन्धलाई हटाउनु पर्ने कुरालाई खुल्ला बहसमा राख्न थालेका छन् ।

संयुक्त राष्ट्रसंघको सम्मेलनले पारित गरेको अन्तर्राष्ट्रिय सन्धि ’सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग १९६१’ मा नेपाल सहभागी भएसँगै सिंहदरबार वैद्यखानाले बनाउने धेरै आयुर्वेदिक औषधिको उत्पादन रोकेको थियो ।

गाँजा माथिको प्रतिबन्ध हटाउ अभियानकर्ता


आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय भन्छन्, “नेपालमा गाँजा प्रतिबन्धित भएपछि यसको प्रयोग गरेर बनाइने केही औषधिहरूमा वैकल्पिक जडीबुटी प्रयोग गरेर उत्पादनलाई निरन्तरता दिइए पनि केही औषधिहरूको उत्पादन बन्दै भयो।“

“त्यो औषधि अहिले पनि पुराना मानिसहरूले सम्झिन्छन्। तर अहिले त्यो औषधि बन्दैन किनभने त्यसको प्रमुख तत्व नै गाँजा थियो। गाँजा प्रतिबन्धित भएपछि त्यो पनि बन्न छोड्यो,” । स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. विष्णु मरासिनीका अनुसार नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने गाँजामा औषधीय गुण धेरै पाइन्छ।
“गाँजामा टेट्राहाइड्रोक्यानबिनोल (टीएचसी) भन्ने तत्त्व हुन्छ। त्योबाहेक अरू एल्कालोइड (क्षाराभहरू) पनि हुन्छन्,” उनी भन्छन्।
उनका अनुसार पनि दुखाइ कम गर्न र डिप्रेशनको उपचारमा गाँजामा पाइने यी तत्त्वहरू उपयोगी हुन्छन्। “नेपालको उच्च लेकाली भूभागमा पाइने गाँजामा त्यो अझै बढी हुन्छ,” उनी भन्छन्। “जति उचाइमा भयो टीएचसी त्यति नै बढी पाइन्छ। तराईतिर कम हुन्छ।” मरासिनीका अनुसार गाँजाको पनि भाले र पोथी बोट हुन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर