•  ११ पुष २०८१, बिहीबार

कोशी प्रदेश : मुख्यमन्त्री थापाले शपथ लिंदै

- श्रावण १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
बिराटनगर ।

कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका छन् । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री थापाको शपथ बुधबार बिहान १०ः३० बजे हुने गरी तयारी भएको जानकारी दिएको छ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेस संसदीय दलका नेता थापालाई कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ।
थापा यसअघि गत असार २१ गते पनि मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला सभामुख बाबुराम गौतमको हस्ताक्षर संलग्न गरेर मुख्यमन्त्रीमा दाबी गरिएको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो। सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै पुनः संविधानको धारा १६८ को उपाधारा (२) अनुसार सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखका नाममा आदेश दिएको थियो। सर्वोच्चको फैसलापछि सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर थापाको पक्षमा बहुमत सांसदको समर्थन जुटाएको हो।

सभामुख गौतमले राजीनामा दिएपछि थापाको पक्षमा ४७ जना सांसदको समर्थन पुगेको हो। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। थापाको पक्षमा ४७ सांसद हुँदा ४० सांसद रहेको एमाले र ६ सांसद संख्या रहेको राप्रपा विपक्षमा छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर