खेल /फुटबल : साडियो माने साउदी अरबको अल नासरमा अनुबन्धित
- श्रावण १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विंगर साडियो माने जर्मन क्लब बायर्न म्युनिख छाडेर साउदी अरबको अल नासरमा अनुबन्धित भएका छन् । बायर्नले मंगलबार एक विज्ञप्तिमार्फत दुई क्लबबीच मानेको ट्रान्सफरका लागि सहमति भएको जनाएको छ । गत सिजन बायर्नबाट जर्मन लिग जितेका सेनेगलका स्टार माने जम्न भने सकेनन् ।
आन्तरिक द्वन्द्वकै कारण क्लबले उनलाई बेचेको हो । मानेले अब अल नासरमा रोनाल्डोसँग आक्रमणमा साझेदारी गर्नेछन् । रोनाल्डो गत जनवरीमा साउदी गएसँगै युरोपका शीर्ष क्लबबाट अन्य खेलाडी पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् । अल नासरले इन्टर मिलानबाट मार्सेलो ब्रोजोभिच, म्यानचेस्टर युनाइटेडबाट एलेक्स टेलेस र लेन्सबाट सेको फोफाना भित्र्याइसकेको छ ।
मानेकै पूर्व क्लब लिभरपुलबाट कप्तान जोर्डन हेन्डरसन, रोबर्टो फिर्मिनो र फाबिन्हो पनि साउदी पुगेका छन् । ब्यालोन डि’अर विजेता करीम बेन्जेमा, चेल्सीका एनगोलो कान्टे पनि साउदी क्लबबाट खेल्दैछन् ।
गत साता म्यानचेस्टर सिटीका रियाद माहरेज पनि साउदी आएपछि प्रशिक्षक पेप गुआर्डीओलाले युरोपेली क्लबले यसबारे शतर्क हुनुपर्ने धारणा राखेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments