•  २६ पुष २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश : दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

- श्रावण १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
धनगढी ।

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरू रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए । राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर