सेतो चामलको निर्यात बन्द : युक्रेन र रुसको युद्धका कारण विश्वभरि नै खानेकुराको मूल्य बढ्दो

- श्रावण १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

पुरानो बानेश्वरका किराना व्यवसायी हिरण्य दाहालले आफनो व्यापारीक अवस्थाको बारेमा कासिन न्यूज सँगको कुराकानी भने केही समय देखी २५ किलोग्रामको बोरामा पहिले भन्दा निकै कसिलो तरिकाले भाउ बढेर आएको छ । बोरामा २ सय देखी ३ सम्म मूल्य बढेको दाहालले बताए ।

दाहाल भन्छन् , अवस्था पहिला जस्तो सहज छैन् । हामीले ग्राहकलाई सम्झाउन सक्ने अवस्था छैन । प्राय ग्राहक पहिलेको भाउलाई मध्यनजर गर्दै खरिदको लागि आउने गर्र्छन् । तपाई नै भन्नुहोस् यस्तो अवस्थामा हाम्रो जवाफ के हुन्छ ?
साउन ४ गते भारत सरकारले निर्णय नै गरेर नेपालमा सेतो चामलको निर्यात बन्दको घोषणा गरे सँगै खाध बजारमा केही परिवर्तनको संकेत देखा परेको थियो । चामलको मूल्यमा १५ प्रतिशतले बृद्धि हुने हल्ला चल्न नपाउँदै नेपालका खुद्रा व्यापारीहरुमा त्यसमो असर पर्न थालीसकेको थियो । अहिले भारतले निकासी रोक्न लाग्यो भन्नासाथ थोक व्यापारीहरूले आफनो सामानको मूल्यमा बृद्धि बढाउने तर्र्फ लागेका छन् ।
उता चामलतका उत्पादकहरूले भने धानचामलको मूल्या नबढाएको बताउँदै आएका छन् । अहिले नेपालमा तिन महिनालाई पुग्ने चामल मौज्दात रहेको अवस्था छ । यो अवस्थामा हामी किन भाउ बढाउने भन्छन्, उत्पादकहरु । अहिले वास्तवमा तीन महिनालाई पुग्ने मौज्दात रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालका अनुसार अहिले बजारमा चामलको भाउ बढाउनु पर्ने अवस्था छैन।
“बजारमा मूल्यवृद्धिको हल्ला फिँजाएको सरकारले हेरिरहेको छ। ती हल्ला झुटा हुन्। सरकारले मूल्यवृद्धि हुन दिँदैन,” मन्त्री रिजालले कासिन सँगको छोटो कुराकानी भने ।
साथै यस मामिलामा भारतसँग कुराकानी गर्न पनि आफू तत्पर रहेको मन्त्रालय तयार रहेको बताउँदै आएको छ । आयात गर्नु पर्ने कति हुन्छ भनेर हिसाब निकाल्छौँ र त्यसपछि भारतसँग कुराकानी गर्नेछौँ। हामीलाई दिन उहाँहरू तयार हुनुहुन्छ। मोटामोटी कुरा भइसकेको छ आपूर्ती मन्त्रालयका एक अधिकारी बताउँछन् ।

नेपालको वार्षिक सरदर धान उत्पादन ५५ लाख मेट्रिक टन जति रहेको छ । जसमा ६/७ लाख मेट्रिक टन बाहिरबाट ल्याइने गर्छ । नेपालमा नै उत्पादन हुने मोटो धानका चामल नखाने र मसिनो अनि बास्नादार खोज्ने चलनले गर्दा पनि आयात धेरै भएको हो । नेपाल चामल, दाल, तेल उत्पादक संघका अनुसार वर्षमा करिब १५ लाख मेट्रिक टन धान अथवा १० लाख मेट्रिक टन धानका साथै अढाइ लाख मेट्रिक टन चामल भारतबाट आयात गर्नुपर्ने अहिलेको अवस्था छ।

नेपाल राष्ट्रब्याङ्कले नियमित प्रकाशित गर्ने आँकडा हेर्दा असारमा सकिएको एक आर्थिक वर्षको एघार महिनामा करिब ३३ अर्ब बराबरका धानचामल आयात भएको देखिन्छ। त्यो सबै चामलकै रूपमा प्रयोग हुने गरेर ल्याइएको हो वा अन्य प्रयोजनका निम्ति ल्याइएको भन्ने कुरा भने स्पष्ट छैन् । हाल देशको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान २४ प्रतिशत वा झन्डै एक चौथाइ रहेको छ। कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको मात्रै योगदान १५ प्रतिशत रहेको छ।
अर्थात् देशको अर्थतन्त्रमा धान उत्पादनले ठूलै हिस्सा ओगट्छ। खाद्य सुरक्षाको दृष्टिकोणबाट त झन् चामलको महत्त्व सर्वाधिक देखिन्छ। अघिल्लो वर्ष साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइँ भएको थियो भने उत्पादन झन्डै ५५ लाख मेट्रिक टन रहेको थियो।
एकातिर वर्षाको बेला अहिलेसम्म तराई क्षेत्रमा पर्याप्त पानी नपर्दा समयमै रोपाइँ हुन नसकेका विवरण आएका छन् भने अर्कोतिर चैतयता फैलिएको लम्पी स्किन रोगको प्रकोपले गर्दा किसानका झन्डै ५० हजार गाईभैँसी मरिसके। दश लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन्। जसले गर्दा रोपाइँमा गोरूको प्रयोगमा समेत धेरै किसानलाई कठिनाइ भएका विवरण आएका छन्। साउनको मध्यसम्म आइपुग्दा अझै एक तिहाइ जति भूभागमा रोपाइँ हुन नसकेका विवरण पनि आएका छन्।

यदि वर्षाको बाँकी अवधिमा पनि ती ठाउँमा पर्याप्त पानी परेन भने त यसको सोझो असर धान उत्पादनमा पर्ने देखिन्छ। धान लगाइसके पछि जरा लाग्ने, गाँज हाल्ने, फूल फूल्ने हरेक चरणमा मौसम अनुकूल भए उत्पादन बढ्छ। त्यसमाथि भारतको पछिल्लो निर्णयको पनि केही असर भने पक्कै पर्नेमा व्यवसायी तथा सरकारी अधिकारीहरू एकमत छन्।

भारत विश्वकै अग्रणी चामल निर्यातकर्ता हो – विश्वव्यापी व्यापारको ४० प्रतिशत हिस्सा भारतको छ। गत वर्ष भारतले सवा दुई करोड टन चामल १४० देशमा निकासी गरेको थियो। यो वर्ष भारतमा समेत खाद्यान्नको मूल्यवृद्धि चर्को भयो तर त्यसैलाई मत्थर पार्न भारत सरकारले बासमती बाहेकका चामल निकासीमा रोक लगाएको छ। युक्रेन र रुसको युद्धले गर्दा युक्रेनले गर्ने खाद्यान्न निर्यात पनि निकै प्रभावित छ जसका कारण विश्वभरि नै खानेकुराको मूल्य बढ्दो छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर