हलमा शुक्रबार : चलचित्र ‘अदृश्य’ सिने बजारमा

- श्रावण १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचित्र कम बन्ने गरेका छन् । एकै कथावस्तुमा निर्माण भएको भन्दा पनि चलचित्रबाट फरक विषय र प्रस्तुतीकरण दर्शकले पाउने भएका छन् । हुनेछ ।
प्रह्लाद काफ्लेको पहिलो निर्देशनमा तयार भएको चलचित्र ‘अदृश्य’ नेपाली सिने बजारमा आएको छ । सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिइएको यो सिनेमा राम्रो बजार लिनेमा निर्देशक काफ्ले ढुक्क देखीन्छन् ।
काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा छन् ।

अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । उनले भने , “सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचित्र कम बन्ने गरेका छन् । एकै कथावस्तु भएको भन्दा पनि यस चलचित्रबाट फरक विषय र प्रस्तुतीकरण दर्शकले पाउने छन् । मैले पनि चलचित्रको विधाअनुसार आफ्नोस्वरूप तयार गरेको छु ।”
चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे र प्रतीक भुजेललगायतले अभिनय गर्नुभएको छ ।
चलचित्रको कथामा राकेश रनपाल , आकाश उखेडाको पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायाङ्कन, विशाल पौडेलको सङ्गीत सिर्जना, शिशिर खातीको नृत्य निर्देशन, मुकेश शाहको पाश्र्व सङ्गीत सिर्जना तथा निशान घिमिरेको रङ संयोजन रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर