१०० केजी सुन काण्ड : जेलिंदै गाँठो – सीआईबीको हातमा पुग्यो अनुसन्धानको जिम्मा
- श्रावण १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अहिले बजारमा चलेको काण्ड मध्ये सबैभन्दा बहुमूल्य काण्ड हो १०० सय केजी सुन काण्ड । यो काण्डमा अहिले सबैभन्दा बढि कुरो नेकप माओवादी केन्द्रका नेताहरुको चल्ने गरेको छ । नेपालका राजनीतिक दलका नेताहरु त्यसमा माओवादी केन्द्रका नेताहर अहिले यस्ता अर्थ व्यवसायका कुराहरुमा मुछिन थालेका छन् । बिगत भएका यस्ता काण्डहरुमा राजनीतिक दलका वरिष्ठ नेता देखी तल्लो तहका कार्यकर्ताहरु सम्म सुनको नेक्ससमा मुछिएका कुराहरु बाहिरी रहेको बेला ।
यसरी एक पछि अर्को लस्कर देखीन थाले पछि सरकार १०० केजी सुन काण्डलाई टुग्याउने जिम्मा अबे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ ।
अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्।
नेपाल सरकार एक उच्च सरकारी अधिकारीका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दीनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । ‘सुन बरामद भएपछि राजस्व चुहावट देखिएकाले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ, यसमा अन्यथा भएन । तर अनुसन्धान गर्दै जाँदा संगठित अपराधको तत्व फेला परेको छ । संगठित अपराधको पाटोमा नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्ने निष्कर्ष पनि निक्लेको छ ।
लगत्तै प्रधानमन्त्री दाहालले राजस्व चुहावटको विषयमा विभागले मुद्दा अघि बढाउने र संगठित अपराधको पाटोमा सीआईबीले थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । सीआईबीकी निर्देशक किरण बज्राचार्यले भनिन सुन कुनै कुराको मोड अफ पेमेन्टका रुपमा प्रयोग भएको छ कि भन्ने शंका हो । सँगै हुण्डीदेखि अरु कुरा पनि जोडिने भएकाले बृहत् अनुसन्धान हुन्छ ।
अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुन सहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।
विभागले हालसम्म राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अघि बढाइरहेको थियो । तर, सुन प्रकरणमा संगठित गिरोहको संलग्नता र यसमा भारत र चिनियाँ सुरक्षा निकायसँग समेत समन्वय गरेर विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले सीआईबीमार्फत अघि बढाउने निर्णय भएको स्रोतले जनाएको छ ।
लामो समयदेखि भइरहेको सुन तस्करीको माथिल्लो तहमा एकैखाले गिरोहको संलग्नता देखिने गरेकाले पुराना अनुसन्धानहरुलाई पनि जोडेर हेर्नुपर्ने त्यसमाथि यसमा हुण्डीदेखि अरु कसुरको पनि अनुसन्धान गर्नुपर्ने हुनाले ढिलाइ गर्नु नहुने तर्क पूर्व प्रहरी अधिकृतहरुको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments