कांग्रेस नेतृ राणाको प्रतिष्ठा, इज्जतमा आँच पुर्याउनेलाई कार्वाहीको दायरमा ल्याउन तरुण दलको माग
- श्रावण १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाविरूद्ध भ्रामक प्रचार गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।
राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरूद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पु¥याउने गरी सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको तरूण दलले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘राजनीतिक पूर्वाग्रह राखेर उक्त कार्यमा संलग्न घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन तरूण दल सरकार र प्रहरी प्रशासनसँग माग गर्दछ,’ अध्यक्ष विद्वान गुरूङले निकालेको विज्ञप्तिमा भनिएको छ।
तरूण दलको आग्रहलाई बेवास्ता गरेमा त्यस्ता गतिविधिका विरूद्ध दल आफैं प्रतिकारमा उत्रने चेतावनीसमेत गुरूङले दिएका छन्। ‘सुवास बोहरा भन्ने टिकटक आइडीबाट देउवाको गरिमा,इज्जतमा गम्भीर आँच पुग्ने खालको सामग्री प्रकाशित हुनु आपत्तिजनक छ,’ तरूण दलले भनेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments