‘मोदी उपनाम’ बारे दिइएको सजायमा काङ्ग्रेस नेता गान्धीको सजायमा रोक
- श्रावण १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतीय काङ्ग्रेस नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गुजरात उच्च अदालतले दोषी ठह¥्याए पनि भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको छ । यद्यपि, उक्त अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा सावधानी अपनाउनु पर्नेमा भने जोड दिएको छ ।
गुजरात उच्च अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो जसले उनलाई जनप्रतिनिधित्व ऐनको कठोरताअन्तर्गत सांसदको रूपमा अयोग्य घोषित गरेको थियो । सवोच्चको फैसलासँगै गान्धीको सांसद पद पनि पुनः बहाली हुुने सम्भावना देखिएको छ ।
केरलाको वायनाडबाट राहुल गान्धीलाई लोकसभा सचिवालयको सूचनापछि मार्च २४ मा सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो ।
काङ्ग्रेस नेता राहुल गान्धीले गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर गर्न अस्वीकार गरेको आदेशविरुद्ध दायर गरेको अपिलमाथि सर्वोच्च अदालतले सुनुवाई गरिरहेको थियो ।
न्यायाधीश बीआर गवईको अध्यक्षतामा रहेको बेन्चल गरेको फैसलामा ‘ट्रायल कोर्ट’का न्यायाधीशले अधिकतम सजाय सुनाउनुको कुनै कारण नदिएको र अन्तिम फैसला नभएसम्म दोषी ठहर गर्ने आदेशमा रोक लगाउनुपर्ने बताएको छ ।
फैसलामा सर्वोच्च अदालतले भनेको छ,“यो मुद्दा हेरेका न्यायाधीशले पर्याप्त कारण र आधारबिना दुई वर्षको अधिकतम सजाय दिएको देखिन्छ ।’’
सर्वोच्च अदालतले गान्धीलाई राहत प्रदान गर्दै ट्रायल कोर्टको आदेशको असर व्यापक रहेको बताएको छ । सर्वोच्चको फैसलामा भनिएको छ, “गान्धीको सार्वजनिक जीवनमा रहिरहन पाउने अधिकार मात्र होइन, उनलाई निर्वाचित गर्ने मतदाताको अधिकारमा पनि असर परेको छ ।”
बेन्चले गान्धीका अभिव्यक्तिहरू ‘राम्रो शैलीको नभएको’ र ‘सार्वजनिक जीवन रहेका व्यक्तिहरूले सार्वजनिक भाषण गर्दा सावधानी अपनाउने अपेक्षा गरिएको’ कुरामा कुनै शङ्का नरहेको पनि बताएको छ ।
सर्वोच्च अदालतको फैसलापछि काङ्ग्रेस पार्टीको ट्विटर पेजमा राहुल गान्धीको तस्बिरको साथमा लेखिएको छ, “सत्यको सँधै जीत हुन्छ ।”
पार्टी नेता जयराम रमेशले पनि सर्वोच्च अदलतको फैसला सत्य र न्यायलाई पुष्टि गरेको ट्वीटर सन्देशमा बताएका छन् । उनले भने, “गान्धीविरूद्ध सत्ताधारी दलको सबै संयन्त्र लागेपनि उनले हार मान्न, झुक्न वा दब्न इन्कार गर्दै न्याय प्रक्रियाप्रति आफ्नो विश्वास जनाएका र उनको विजय भएको छ।”
गौतम बुद्धको एक भनाइ उद्धरण गर्दै प्रियंका गान्धीले ट्विटरमा लेखेका छन, “सूर्य, चन्द्रमा र सत्य तीन चीजलाई कहिल्यै छिपाउन सकिन्न ” सर्वोच्च न्यायालयलाई न्यायपूर्ण फैसला दिएकोमा धन्यवाद । सत्यमेव जयते ।”
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments