राशिफल : हजुरको राशिमा शनिवार के लेखेको छ पढ्नुहोस

- श्रावण २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
साताको हिसाबले यो राशिलाई राम्रो मानिए पनि आफनो चञ्चलतालाई काबुमा राख्न सकेमा शुभ संकेत देखा पर्ने छ । गर्न नसक्ने कुराको वचनले अप्ठ्यारो पर्नेछ, ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,े शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
धेरै सोचले गर्दा आफना मित्रहरु बिच बादविवाद हुने योग छ । त्यसैले यो राशि हुनेले अलि सचेत रहनु पर्ने छ ।तपाईको स्वाथ्यमा केही बाधा आउने हुँदा महत्वपूर्ण कार्यहरु बिग्रने हुँदा अलि सचेत रहनु होला । यात्रा गर्दा सोच्नु होला अलि घातक बन्ने छ , शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,पशुधन र जमिनबाट लाभ हुनेछ, खानपानमा विचार गर्नु होला । .शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफन्तको विश्वास पर्दा आत्माघाती हुनेछ,व्यवसायीक क्षेत्रमा सफल हुने योग छ । लगानी गर्दा फाइदा हुने छ । शत्रुहरु परास्त हुनेछन, किनमेल गर्दा सजग रहनु होला,
शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
कतै भ्रमण गर्दा सोच्नु होला । आजको दिन तपाईलाई सामान्य चोट पटक लाग्ने योग छ , रिसलाई काबुमा राख्नुहोला । राम्रो कुरा तपाईलाई आफन्त बाट सहयोग हुनेछ,रमाइलो यात्रा हुनेछ, शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
पछाडी कुरा काट्नेहरु धेरै हुनेछन,विवादमा पर्न सक्ने समय छ । पारिवारीक बादविवाद हुने योग छ । आफनो गोपनीयतामा ख्याल गर्नु होला,संगीतमा मन जानेछ,
शुभ अंक २ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
ब्यक्तिगत र घरायसी काममा अल्झिनाले महत्वपूर्ण काममा बाधा आउने सम्भावना छ । त्यसैले बोलीमा विचार पुराउनु होला,आँट र हिम्मतले गर्दा जटिल काम समेत बन्न सक्नेछ । शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
समाजमा तपाईको प्रतिष्ठता भएपनि तपाईको कार्य देखी समाज त्यति खुशी देखीदैन् । त्यसैले अनेक किसिमका बाधाहरु सिर्जना हुन् सक्ने छ । शारीरिक र मानसिक पिडा बढ्ने छ,दैनिकी कार्यमा अबरोध आउनेछ योग छ । लेनदेन आदिमा भने केही फाइदा होला । शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
कसैले तपाईको बारेमा भनसुन गरेको खण्डमा तपाईको काम बन्ने योग रहेको छ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च बढाउन सक्छ । अन्जान ब्यक्ति सँग भेट हुन् सक्छ । शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
शारिरीक स्वास्थ्यमा समस्या देखा पर्ने अवस्था छ । शैक्षिक क्षेत्रमा भने तपाईको प्रगति हुने योग छ । ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । तपाईल चाहेको काम सफल हुने छ ।
शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अरु सोचमा नलागेर आफनै सोच र बिचार काम गर्दा राम्रो हुनेछ । तपाईको भित्री आत्मबलमा कमजोरी देखीएकोले तपाईको बन्न लागेको काममा बाधा आउने सम्भावना छ साझेदारीको काममा संकट आउनेछ । काम गर्दा अवरोध आउनेछ । शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आजको दिन तपाईले पारिवारीक विवादको सामना गर्नु पर्ने स्थिती सिर्जना हुन् सक्छ । त्यसैले आफूलाई सम्हाल्नु होला । बिगतका सफलताले तपाईमा हौसला आए पनि केही सचेत रहनु होल । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । शुभ अंक ११ रहेको छ ।

स्रोत : ज्योतिष विज्ञान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर