गौर हत्याकाण्डका पीडित र प्रधानमन्त्री दाहाल बिच भेटवार्ता

- श्रावण २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै शनिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गर्न निवास बालुवाटार पुगेको छ ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएका छन्
गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् । उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन् ।
पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहालले शनिवार छलफल गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर