शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

- श्रावण २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बागमती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ ।

जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गदै शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए ।
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले तालिमको प्रभावकारिता र पालिकामा रहेका ४६ विद्यालयको अवस्था, समस्या र अपेक्षाका लागि नियमित अनुगमन गर्ने तथा राम्रो गर्नेलाई पुरस्कृत गर्ने बताए । उनले यस चालु आवमा शिक्षकका लागि बागमती प्रदेश सरकारले ७६ लाख पाँच सय ७१ विनियोजन गरेको जानकारी दिए ।

तालिममा शिक्षण सिकाइ, व्यवस्थापन, समस्या, चुनौतीका बारे सिकाइ हुने अपेक्षा राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर