खेल /क्रिकेट : नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक
- श्रावण २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको छ । जसमा भारतकी पूर्व क्रिकेटर देविका पाल्शिकर परेकी छिन् ।
यसअघि कुनै पनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन् । अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा आवद्ध भएकी उनी काठमाडौं आएकी छन् । क्यानले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएको हो ।
क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ । हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।
देविकाले भारतबाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छन् । उनी गत वर्ष भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)मा मुम्बई इन्डियन्सको महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेकी थिइन् ।
नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।
प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउने छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments