झापाका मेडिकल व्यवसायी प्रसाईलाई धम्क्याउँदै ३० करोड माग गर्ने गुरुङविरुद्ध मुद्दा दर्ता

- श्रावण २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले असार २६ गते महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेका खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङविरुद्ध मुद्दा दर्ता भएको छ ।
उनी माथि झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोप लागेको हो । उनी बिरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत काठमाडौंमा अपरहण सम्बन्धीको कसुर उद्योग र लिखत सम्बन्धीको कसुरमा मुद्दा दर्ता गरिएको हो।
व्यवसायी प्रसाईंलाई म्यासेज तथा फोन गर्दै उनले ३० करोड रुपैयाँ फिरौती मागेकाले अपहरणको कसुरमा र नागरिकता कीर्ते गरेको पाइएकाले लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।
उनले आफ्नो नागरिकताको अक्षर खुर्केर मेटेको र त्यसपछि आफैंले नागरिकता सच्याएको पाइएको छ। सच्याएको उक्त नागरिकताबाट सीमकार्ड निकालेर फिरौतीका लागि प्रयोग गरिएको खुलेको छ। आफनो नागरिकताको नाम परिवर्तन गरेर समीर खान र रहेमान अलीको नाम उल्लेख गरेर दुई वटा सीमकार्ड लिएर धम्क्याउँदै फिरौती माग गरेका थिए।

गुरुङले आफू प्रवेश लामा भएको बताउँदै प्रसाईंलाई म्यासेज पठाएका थिए। म्यासेजमा उनले उल्लेख गरेका थिए, ‘तपाईंको हत्या गर्नका लागि योजना बनेको छ। यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ। डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ। नत्र अपहरण गरी हत्या हुन्छ।’
३० करोडबाट सुरु भएको बार्गेनिङ २० करोड, १५ करोड हुँदै ६ करोड र अन्तिममा ५ करोडमा सहमति भएको थियो। सोही अनुसार उनले प्रसाईंलाई लोकेसन दिएका दिए महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिको ठाउँ।
यसबारे सबै जानकारी प्रहरीले लिइसकेको थियो। सोही अनुसार सीआईबीको टोली कतार भिसा सेन्टर अगाडि पुगिसकेको थियो। रकम लिन भनेर पठाओ चढेर आएका बेला सीआईबीले उनलाई पक्राउ गरेको थियो।
गुरुङ ८ वर्ष साउदी अरबमा बसेर आएको पाइएको छ। रकम अभाव भएपछि प्रसाईंसँग पैसा हुने भन्दै धम्क्याएर रकम उठाउने उद्देश्यले धम्क्याएको बताएको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर