खेल /फुटबल : एनएसएल को दोस्रो संस्करण मङ्सिर ८ देखि पौष २१ – १० टोलीले प्रतिस्पर्धा गर्दै
- श्रावण २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण मङ्सिर ८ देखि पौष २१ सम्म आयोजना हुँदैछ । पहिलो संस्करणमा ७ सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
एनएसएलले दोस्रो संस्करणका यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी पलायन भएकाले पुनः अक्सन गर्ने पक्का भएको छ । असोज १९ गते नयाँ टोली निर्माणका लागि अक्सन हुने भएको छ । यसका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।
पहिलो संस्करण कोभिड संक्रमणका कारण दशरथ रंगशालामा बिना दर्शकको उपस्थिति आयोजना भएको थियो । तर दोस्रो संस्करणका लागि भने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले दशरथ रंगशालासँगै केही खेल मोफसलमा पनि गर्ने भएको छ ।
लिगमा सहभागी क्लबका अनुसार एनएसएलले पूर्वका तीन टोलीको खेल विराटनगरस्थित सहिद रंगशालाको मैदानमा गर्ने तयारी गरेको छ । यसपटक पूर्वबाट विराटनगरसिटी फुटबल क्लबसँगै स्पोर्टिङ इलाम डे एफसी र झापा एफसी पनि प्रतिस्पर्धा गर्दैछन् ।
एनएसएलले झन्डै १ साताको खेल विराटनगरमा गर्ने तयारी गरिरहेको छ । सम्भवत यी तीन टोलीबीच हुने खेलहरु विराटनगरमा हुने सम्भावना छ । लिगले अर्को साताभित्र खेल तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यसबाहेक एनएसएलमा यसपटक रंगशालामा खानपिन स्टल पनि रहनेछ । आयोजकले उद्घाटन र समापन समारोहमा भव्य कार्यक्रम गर्ने योजना बनाएको छ ।
एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब र फुटबल क्लब चितवनसँगै नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले खेल्नेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments