•  ११ पुष २०८१, बिहीबार

कांग्रेसले सम्झियो सूर्यप्रसादलाई

- श्रावण २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापक महामंन्त्री स्वर्गीय सूर्य प्रसाद उपाध्यायको ४० औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर कार्यक्रममा बोल्दै सभापति देउवाले भने कांग्रेसमा जति पनि सुधारका कार्यहरु भएका छन् उपाध्याय जस्ता नेताहरुको योगदानका कारण भएका हुन् ।
कार्यक्रममा कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा , केन्द्रिय सदस्य अर्जुन नरसिंह के.सी लगायतको उपस्थिती थियो । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्वर ३ का पूर्व सभापति एवं बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेल संग्रहालयलाई खेद्नेहरू अरू कोही नभएर भरौटे बिकुवा कांग्रेसीहरू नै भएको बताएका थिए । उनले भने, यस्ता गतिविधी गर्नेहरुले नै संग्रहालयलाई दुःख दिइरहेका छन्।
सुन्दरीजल जेलमा बिपी कोइराला सगै बन्दी भएका तत्कालिन गृहमन्त्री सूर्य प्रसादको सालिक छिटै निर्माण गरिने पनि बताइएको छ । कार्यक्रम प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको थियो। कार्यक्रम डा. रमेश कुमार ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर