शोकमग्न बन्यो नेपालगञ्ज : गाईसँग कार ठोक्किँदा ६ जनाको ज्यान गयो
- श्रावण २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
नेपालगंज ।
भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्राबस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँदा दुर्घटना भएको र छ जनाको ज्यान गएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताएका छन् ।
एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् ।
शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किनेक्रममा भारतको श्राबस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी अल्पायुमै निधन भयो । आमा सीता गुप्ता माइतीमै रहेकाले सुरक्षित छिन् ।
शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न तथा वैभव माइतीमा रहनुभएकी श्रीमती दिपिकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो । नेपालगञ्जको त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक निलान्स र सुनितीका पिता सन्तोष गुप्ताले दुई परिवारका छ जना एउटै गाडीमा शनिबार बिहान बलरामपुर पुगेर साँझ घर फर्किंने गरी यात्रा गरेको जानकारी दिए ।
त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयको भीड लागेको स्थानीय दिपानन्द गुप्ताले बताए । स्थानीय ब्राइटल्याण्ड कलेजमा बिबिएसमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएका छन् । घटनाले स्तब्ध हुन पुगेका साथीहरु बिहानैदेखि सुनितीको घरमा जम्मा भएको सहपाठी आकृति रानाले बताए ।
दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी औषधि व्यवसायी दिनेश गुप्ताका छोरा ३५ वर्षीय वैभव गुप्ता, वैभवकी श्रीमती ३२ वर्षीया दिपिका गुप्ता, तीन वर्षीय छोरा डल्लु र छ महिनाकी छोरी श्रीया तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स र छोरी २० वर्षीय सुनितीको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक भारतीय नागरिक अजय मिश्रको उपचार भइरहेको छ । मृतककको भारतको बहराइचमा शव परीक्षण भएपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments