नियुक्ति विवाद- लुम्बिनी विकास कोष : अहिँसाको पुजारीहरुको स्वर्ग स्थलमा हिँसाको पुजारीलाई नियुक्ति दिए प्रधानमन्त्री दाहालले
- श्रावण २२, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
आफना राजनीतिक सहयोगीहरुको भर्ती केन्द्र बनाइएका देशका विभिन्न खाले संरक्षण कोषहरु भर्ती केन्द्रको रुपमा नै चर्चित छन् । देश भित्र विभिन्न कोषहरु मध्ये एक पर्न आउँछ लुम्बिनी विकास कोष । भगवान बुद्धको जन्मस्थान । बुद्ध देखी हिन्दू धर्मावलम्बीहरुको भिड लाग्ने स्थान ।
यही धार्मीक स्थानमा सबै भन्दा राजनीतिक गन्धको धुप सुँघ्न पाइन्छ । देशले जब जब सत्ताको राजनीतिको रुप फेरेको हुन्छ । त्यति बेला नै यस्ता कोषहरुमा आफनो नियुक्तिको लागि राजनीतिक कार्यकर्ता देखी गन्यमान्य उधोगपति देखी विभिन्न क्षेत्रका व्यक्तिहरु आ आफनो पहुँचको तयारीमा लागेका हुन्छन् ।
नेपाली कांग्रेसमा हुँदा कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको नजिक, एमाले हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको नजिक अहिले नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नजिक यी हुन् राजनीतिक बिरासतलाई क्षणभरमै हासिल गर्न सक्ने ल्हारक्याल लामा ।
नेपाली राजनीतिको हरेक क्षणमा आफूलाई अब्बलताको पगरी गुँथाउन सफल मानिएका ल्हारक्यालको चर्चा अहिले राजनीतिक बजारमा निकै हुने गरेको छ । आफनो फाइदा र स्वार्थको कुनै पनि चरणको हद पार गर्न सक्ने लामाको राजनीतिक जीवन निकै फाइदै फाइदामा गाँसीएको छ ।
दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको देखी कुनै हप्ता अशुली सम्मको आरोप लागेका ल्हारक्याल अहिले शान्तिको प्रतिमूर्ती रहेका भगवान बुद्धको आरध्य स्थल लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति भएका छन् ।
त्यो पनि चानचुने पावरमा होइन । देशका होनहार प्रधानमन्त्री दाहालको ठाडो निर्देशनमा । अहिले राज्य र यसका मतियारहरुले ल्हारक्याल जस्तो विवादित व्यक्ति बाहेक अन्यलाई नदेखेको कारण नै उनको नियुक्ति भएको बताइने गरिएको छ ।
धार्मीक स्थलमा धेरै विवादित व्यक्तिलाई नियुक्ति दिएर दाहाल नेतृत्व सरकारले आफनो नेतृत्वको उल्टो पहिचान बनाएको छ । बाहिर सुनिन आएको कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सिफारिसमा ल्हारक्याललार्ई नियुक्ति दिएको भनिए यसको भित्री चलखेल भने प्रधानमन्त्री दाहालले नै गरेको भन्दा फरक पर्दैन । किन कि राज्य र सत्ताको चरम दुरुपयोग गर्न माहिर मानिएका प्रधानमन्त्री दाहालका कारण देशले धेरै बिशम परिस्थितीको सामना गर्नु परिरहेको छ ।
लुम्बिनी विकास कोषजस्तो गरिमामय संस्थामा ल्हारक्यालजस्ता अत्यन्तै विवादास्पद पात्रलाई उपाध्यक्षका रूपमा नियुक्ति दिएर राज्य र यसका पहिदारले जनतालाई जे गर्दा हुन्छ भन्ने संकेत पनि दिएका छन् । सम्पत्ति शुद्धीकरणदेखि अख्तियार सम्मको यात्रा गरेका ल्हारक्यालले झलनाथ खनाल नेतृत्वको सरकारमा हुँदा दोहोरो नागरिकता लिएको प्रश्न उठेपछि उनले दुई सातामै राजीनामा दिएका थिए ।
ल्हारक्यालको नियुक्तिलाई लिएर मंन्त्री किराँती समेत विवादको घेरामा तानिएका छन् । बैंकको लकरमा बन्दुकका १४ थान गोली राखेको भेटिएको थियो । बैंकको लकरमा गोली राख्ने मान्छे बुद्धधर्मी संस्थाको नेतृत्वमा बस्न मिल्छ भन्ने अर्को प्रश्न पनि खडा भएको छ ।
नेपालीलाई मकाउ पठाइदिने भन्दै विभिन्न युवाहरूबाट पैसा लिई ठगी गरेको आरोपमा प्रहरी र वैदेशिक रोजगार विभागमा ल्हारक्याल पक्राउ परे र ३० लाख धरौटीमा छुटे ।
उता मंन्त्री किराँती भन्छन् , काम गर्दाखेरि कहिले–कहिले गल्ती हुन्छ । गल्ती भएछ भने त्यो बेला माफी मागौंला । चिन्ता नगर्नु न । यसै प्रसंगमा अहिले यस्ता चर्चामा रहेको पद मध्ये एक लुम्बिनी विकास कोषको उपाध्यक्ष पद । जसका लागि सम्वन्धित मन्त्रालयमा पावर सेयरिंगको कामहरु भै रहेका थिए । अहिले त्यो सफल पनि भएको छ ।
धार्मीक स्थलमा बिवादित व्यक्ति
तर उनको राजनीतिक पृष्ठभूमी भने त्यति राम्रो नभएको माओवादी केन्द्र स्रोत बताउँछ । अर्थराज्यमन्त्री हुँदा नै विवादको घेरामा परेका लामा बेलाबखत विभिन्न काण्डहरुमा मुछिने व्यक्ति पनि हुन् । त्यो बेला उनलाई दोहोरो नागरिकता काण्ड लागेको थियो ।
यसरी धार्मीक स्थलको सबैभन्दा महत्वपूर्ण पदका विवादीत व्यक्तिलाई नियुक्त दिन नहुने कुरा माओवादी केन्द्रमा नै चल्ने गरेको छ । तर प्रधानमन्त्री दाहालका एकदम बिश्वासीलो पात्र भएका कारण लामाले नियुक्ति पाउने सम्भावना धेरै छ किनकी सो पदका लागि अन्य व्यक्तिहरु खुलेर आएका छैनन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments