अवरुद्ध सदन खुलाउन – बालुवाटारमा तीन दलको बैठक सुरू
- श्रावण २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अवरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक सुरू भएको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।
तस्करीको सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो ।
सोमबार २ चरणमा भएको छलफलबाट सहमति नभएपछि फेरि बैठक बोलाइएको हो । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानविन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन । मंगलबार अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments