सडक सञ्जालमा जोडियो दुर्गम गाउँ : ज्यान हत्केलामा राखेर भीर र खोलाको बाटो हिँडनुपर्ने बाध्यता हट्यो
- श्रावण २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बा थान गाउँ सडक सञ्जालसँग जोडिएको छ । सदरमुकाम चौताराबाट ६० किलोमिटर दूरीमा रहेको तेम्बाथान गाउँ यसअघि सडक सञ्जालसँग जोडिएको थिएन ।
सडक नभएकाले विकट हिमाली भेग तेम्बाथान, दिपु, तेगावासीले सुत्केरी र बिरामीलाई उपचारका लागि ऋण काढेरै भए पनि महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गरेर राजधानीका अस्पताल पु¥याउँदै आइरहेका थिए । जुगल–३ मा निमार्णधीन ३६ मेगावाट लक्ष्य बोकेको ब्रह्मायाणी जलविद्युत् आयोजनाले रु सात करोड खर्चेर आठ किलोमिटर मान्जेखोला–नेशमदोभान–तेम्बाथानदिपु सडक निमार्ण गरेको वडाध्यक्ष लक्ष्मण दोङले जानकारी दिए ।
उक्त गाउँभन्दा तीन सय मिटर दूरीमा आयोजनाको विद्युत् गृह, सुरुङलगायतका संरचना बन्दैछ । गाउँमै एम्बुलेन्स र सवारीसाधान आइपुग्ने भएपछि तेम्बाथानवासी खुसी भएका छन् ।
यसअघि जलविरे, कात्तिके–तेम्बाथान १६ किलोमिटर यर्मालिङ र नेशमखोला छेउसम्म सडक पुगेको थियो । त्यसउता लक्याप, निमाडोमा, नेशम खोला जस्ता डरलाग्दा भीरको चट्टानी अवरोधका कारण ‘ब्लास्टिङ’ गर्दे अघि बढ्नुपर्ने भएकाले यर्मालिङ र नेशम खोलापारी सडक छिचोल्न सकिएको थिएन ।
स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी सबैको समन्वयमा भीरको तल्लो भाग ‘ब्लास्ट’ गर्दै फुटालेर तेम्बाथानसम्म सडक पु¥याउन डेढ वर्ष लागेको ब्रह्मायाणी जलविद्युत् आयोजनाका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिए ।
तेम्बाथान, दिपु, तेगा गाउँपुग्ने यो नै पहिलो र नयाँ सडक ट्र्याक हो । उक्त ट्र्याकलाई मर्मत सम्भार, कटिङ, ग्राभेलिङ, तीनवटा पुल बनाई स्तरोन्नति गर्दै अघि बढेको उनले बताए ।
जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो सडक निमार्ण भएपछि स्थानीयवासीले दुई दिनभर ज्यान हत्केलामा राखेर भीर र खोलाको बाटो हिँडनुपर्ने बाध्यता हटेको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments