पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना, १२ जना घाइते
- श्रावण २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित १२ घाइते भएका छन् । तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् ।
छ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौँ पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ लाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए । बच्चाको अवस्था भने सामान्य रहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments