•  ११ पुष २०८१, बिहीबार

७६ औं स्थापना दिवस : महिलाहरुको आवाजलाई बुलन्द पार्ने महिला संघ

- श्रावण २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसको भातृ संगठन मध्ये सबै भन्दा जेठो र अग्रभागमा रहेको नेपाल महिला संघको ७६ औं स्थापना दिवस बुधबार भव्यताका साथ मनाइदै छ । २००३ सालमा स्थापना गरिएको नेपाल महिला संघले राणाकालीन समयमा पनि स्वतन्त्रताको लागि आफनो आवाज बुलन्द गरेका थिए ।
महिलाहरुको आवाजको लागि हामी आफै संघर्ष गर्नु पर्छ भन्दै महिला संघको स्थापनामा अग्रणी भूमीका खेलेकी स्वर्गीय मंगला देवी सिंहले उठाएको आवाज अहिले पनि हरेक दलमा गुँजीरहेको छ । सिंहले चालेका हरेक कदम महिला हकमा लक्षित थियो । पार्टीमा महिलाहरुको संगठन निर्माण गर्न सिंहको भूमीकालाई बयान गरि साध्य छैन् ।
बाहिरी समाजमा त्यति खुलेर नआउने महिलाहरुलाई घरको चुल्हा चप्काबाट बाहिर ल्याउने र समाजमा आफनो पहिचान आफै निर्माण गर्न उत्साहीत गर्ने कार्यमा पनि सिंहको योगदानलाई भुल्न सकिंदैन् । अहिले पनि सिंहको उत्प्रेरणा लिएर नेपाल महिला संघ चलिरहेको आभाष पाइन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर