•  ११ पुष २०८१, बिहीबार

देउवा कवच : भातृ संघहरुमा देखीएको भद्रगोल नितिले कांग्रेसको संगठन निर्माणमा बाधा उत्पन्न हुँदै

- श्रावण २४, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

सबै कार्यकर्ता कार्य समितीको सदस्य अब नेपाली कांग्रेसमा कार्यकर्ता खोई भन्ने आवाज अहिले सामाजिक सञ्जालका पोष्टहरुमा देखीन थालेको छ । यो लक्षित आवाज हो नेपाल तरुण दल र नेपाल बिधार्थी संघमा गरिएको जम्बो कार्य समिती निर्माण ।
नेपाल तरुण दलमा गरिएको जम्बो टोलीको निरन्तरता अहिले कांग्रेसको भातृ संस्था नेपाल बिधार्थी संघमा पनि देखीएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवालाई अहिले कार्यकर्ता भन्दा कार्य समिती प्यारो भएको छ । त्यसैले पनि बिधार्थी संघ र तरुण दलको कार्यसमितीमा जम्बो टोली निर्माण गरेका छन् । तरुण दलमा भरिएको जम्बो टोलीको समूहमा देखीएको बिवादको रुप अहिले नेपाल विद्यार्थी संघ (नेविसंघ) मा देखीन थालेको छ ।


वि.सं. २०७८ चैत ९ गते नेविसंघ तदर्थ समिति अध्यक्षमा दुजाङ शेर्पालाई तोकेका कांग्रेस सभापति देउवाले नेबिसंघलाई पूर्णता दिने निहुँमा ७ सय १० सदस्यीय नेविसंघ केन्द्रीय समिति निर्माण गरेका छन् ।
भातृ संघहरुमा देखीएको भद्रगोल नितिले कांग्रेसलाई संगठन निर्माणमा बाधा उत्पन्न हुने सभापति देउवा निकट एक सदस्य नै बताउँछन् । यसरी जथाभावि भातृ संघको केन्द्रिय समिति निर्माणले कांग्रेसका कार्यकर्ताहरुमा गतिलो सन्देश नजाने भनाई ति केन्द्रिय सदस्यको थियो ।
संगठन निर्माणको नाममा भातृ संघहरुलाई चलाउने कांग्रेसको निति पुरानै हो । जसका कारण पनि भातृ संघहरुले आफनो स्वविवेक प्रयोग गर्न पाउँदैनन । र यसको असर पुरा संगठनमा पर्न जान्छ । नेबिसंघको विधानविपरीत जम्बो केन्द्रीय समिति बनाएको भन्दै सभापति देउवाको आलोचना भइरहेता पनि आलोचनामा रम्ने बानी परेका सभापति देउवालाई यस्ता आलोचनाले केही हुने लक्षण छैन् ।
तरुण दलको जम्बो केन्द्रिय सदस्यको टोलीमा नेताका छोरा, भतिजा देखी मन्त्रीका स्वकिय सचिव र चालक सम्म परेका थिए भने अहिले नेविसंघमा मनोनीत भएकाहरुमा कतिपय नेपाल बाहिर छन् । नेबिसंघको केन्द्रीय समितिमा मनोनीत गरिएका सुजन बन्जारा, रितेश चिमोरिया, अमृत वस्ती, रवीन ढुंगाना, किरण भण्डारीलगायत नेपाल बाहिर छन् । यीमध्ये रवीन ढुंगानाले आफनो फेसबुक वालमा पोष्ट गर्दै आफूले समायोजनका सिलसिलामा २ वर्षअघि नै नाम दिए पनि अहिले समावेश गरेको भन्दै आपत्ति जनाएका छन्।
‘म देश बाहिर रहेको हुँदा नेविसंघ केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने जानकारी अध्यक्ष दुजाङ शेर्पालाई दिइसकेको छु,’ उनले भनेका छन्, ‘मैले समायोजनका सिलसिलामा २ वर्षअघि नाम दिएको थिएँ। अहिले म अध्ययनका लागि देश बाहिर छु।’
विवेक तामाङले पनि आफू नेविसंघमा रहेर काम नगर्ने घोषणा गरेका छन्। आफूसँग सल्लाह नगरी नाम राखेको उनले उल्लेख गरेका छन्। नेविसंघमा पदाधिकारीबिनै ५ सय २० सदस्यीय केन्द्रीय समिति बनाउने नेताहरूबीच सहमति भएको थियो। त्यसका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले २ सय २० जनाको नाम सभापति देउवालाई बुझाएका थिए।

नेताहरूले नाम बुझाएका कतिपयको नाम सभापति देउवा पक्षले हटाएकोमा पनि नेविसंघभित्र आक्रोश छ। ‘नेविसंघको विधानविपरीत गठन गरिएको कार्यसमितिको कुनै औचित्य छैन नभएको भन्दै विधानअनुसार नयाँ कार्यसमिति घोषणा गर्ने कार्यमा असन्तुष्ट बिधार्थीहरु लागेका छन् । नेविसंघ विधानअनुसार केन्द्रीय समिति एक सय ५१ सदस्यीय हुन्छ। तर कांग्रेसका नेताहरूले नेविसंघको नियमित अधिवेशन नगरेर भागबन्डा गरी जम्बो तदर्थ समिति ल्याएका छन्।
असन्तुष्ट नेविसंघले विधानअनुसार एक सय ५१ सदस्यीय नेविसंघ घोषणाको गृहकार्य गरेका हुन्। नेता शेखर कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पनि आफूहरूले दिएको सबै नाम नेविसंघ केन्द्रीय समितिमा समावेश नगरिएकोमा असन्तुष्टि जनाएका छन्।
चुनावमा दिनरात खटेकाहरूलाई केन्द्रीय समितिमा समेटिएको छैन भने नेताका नजिक भएकाहरूलाई भने नेविसंघ केन्द्रीय सदस्य बनाइएको उनको आरोप छ । नेविसंघमा जम्बो केन्द्रीय सदस्य मनोनीत गरे पनि समावेशी बनाउन नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर