खेल /फुटबल : त्रिभुवन आर्मी दिल्ली फुटबल क्लब सँग भिड्दै
- श्रावण २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कप अन्तर्गत समूह ई को खेलमा दिल्ली फुटबल क्लबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु भएको छ ।
आर्मीले प्रतियोगितामा पहिलो खेल खेल्दा दिल्लीले भने दोस्रो खेल खेल्न लागेको हो । दिल्लीले यसअघि आइतबार भएको खेलमा हैदरावादसँग १–१ को बराबरी खेलेको थियो । दिल्लीले सुरुवात अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएको थियो ।
आर्मीले अनुभवी फरवार्ड भरत खवास र राष्ट्रिय टोलीको क्याम्पमा परेका युवा फरवार्ड जिलेस्पी जंग कार्कीबिना नै भारत यात्रा गरेको छ । प्रशिक्षक मेघराज केसीले आर्मी फर्किएसँगै नयाँ खेलाडीलाई प्राथमिकतामा राखेका छन् ।
आर्मीले दिल्लीविरुद्ध खेलेपछि अर्को सोमबार चेन्नईयनसँग खेल्नेछ ।
अन्तिम खेल २२ अगस्टमा आइएसएल टोली हैदरावादसँग हुनेछ । हरेक समूहबाट समूह विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । ६ समूह मध्यबाट उत्कृष्ट दुई दोस्रो हुने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी टेन २ र सोनी लिभले गरेको छ ।
आर्मीको टोली :
विकेश कुथु, सम्मित श्रेष्ठ, विप्लव गुरुङ, नविन परियार, नवयुग श्रेष्ठ, टेकबहुदर बुढाथोकी, युद्ध शाही, टंक बस्नेत, जितेन्द्र कार्की, पदम तामाङ, विमल पाण्डे, सन्तोष केसी, भरत चौधरी, भुपेन्द्र रायमाझी, आशिष शाक्य, रिपू भुलान, दिसान्त राई, वसन्त जिम्बा, वसन्त तामाङ, सिद्धान्त चौधरी, सुदिल राई, सुरोज बस्नेत, सुशान्त चौधरी, फत्तेमान घले, कमल थापा, निरज शाह, किरण खड्का, आशिक चौधरी, सेसेहाङ आङदेम्बे, दिनेश हेन्जन
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments