प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग
- श्रावण २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
‘टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ ।
सो संस्थाले बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षणपत्र दिई उक्त माग राखेको हो । संस्थाले केही दिनअघि शिक्षामन्त्री अशोक राईलाई पनि ज्ञापनपत्र दिएको थियो ।
विसं २०७० देखि ९९ विद्यालयबाट सञ्चालन भएको सो धारमा हाल पाँच सय ३१ भन्दा बढी विद्यालयमा पाँच विषयको पढाइ भइरहेको छ । यस धारका प्रशिक्षक, सहायक प्रशिक्षक, प्रशिक्षक सहायक तथा विज्ञान शिक्षकको स्थायित्वमा हालसम्म सरकारले चासो नदेखाएकाले पनि अनुदान करारमै बस्नुपर्ने बाध्यता रहेको एसोसिएसनका अध्यक्ष ई। केदारनाथ दाहालले जानकारी दिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments