•  २५ पुष २०८१, बिहीबार

राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानी हत्या

- श्रावण २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इक्वेडरको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानेर हत्या भएको छ । इक्वेडरका सांसद समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको उत्तरी सहर क्विटोमा गोली हानेर हत्या भएको हो ।
बुधबार आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनी निर्वाचन अभियानको कार्यक्रममा थिए । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि तीन गोली लागेको छ ।
इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा पूर्वपत्रकार समेत रहेका ५९ वर्षीय फर्नान्डो पनि उम्मेदवार थिए । पत्रकारितामा संलग्न रहँदा उनले भ्रष्टाचार र अपराधिक गतिविधिका विरूद्ध लेख्दै आएका थिए ।
गत साता मात्रै उनले आफू र आफ्नो समूहलाई लागुऔषध ओसार प्रसारमा संलग्न गिरोहले धम्की दिएको बताएका थिए । इक्वेडरमा लागू औषध कारोबार र संगठित अपराध चिन्ताको विषय बनेको छ ।
इक्वेडरका वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले फर्नान्डोको मृत्यु भएको पुष्टि गर्दै यस घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । उनले हत्यामा संलग्नलाई दण्ड दिनेसमेत बताएका छन् । लासो भने यसपटकको राष्ट्रपति निर्वाचनको उम्मेदवार छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर