बदनाम हुँदै मन्त्री बस्नेत : मन्त्रालयका कर्मचारीहरुको चाकडीको पराकष्ठ – पत्र काटेर मन्त्री बस्नेतको कार्यभारको १०० दिने कार्यक्रम मनाइदै

- श्रावण २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारको १०० दिन पुगेको उपलक्ष्यमा गरिने कार्यक्रमको बारेमा सुनिए पनि कुनै मन्त्रालयको मन्त्रीको कार्यभारको १०० दिने कार्यक्रम भन्ने सुन्दा अचम्म लाग्छ । किनकी मन्त्रालयको आन्तरिक कार्यक्रम भित्र आउने यस्ता कार्यक्रमलाई मन्त्रालयले पत्र नै काटेर उर्दी जारी गरि आफना मन्त्रालय मातहतका कर्मचारीहरुलाई अनिवार्य उपस्थिती गराउनु भनेको सम्वन्धित मन्त्रालयको मन्त्रीको चाकरी बाहेक केही होइन भन्ने बुझिन्छ ।
बिगतमा राजाको शासनमा हुने यस्तो जात्रा अहिले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा देखीएको छ । स्वास्थ्य मन्त्री रहेका मोहन बस्नेतको १०० दिने कार्यकालको शुभ अवसर मनाउन स्वास्थ्य मन्त्रालयका निर्देशक रहेका डा. सन्तोष पौडेलले मन्त्रालय अन्र्तगतका विभिन्न विभागहरुलाई कार्यक्रममा अनिवार्य उपस्थितीको पत्र काटेका छन् ।
त्यसमध्ये एउटा पत्र वीर अस्पतालका विभाग युनिट र वार्डहरुलाई दिइएको छ ।

जसमा मन्त्री बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेको व्यहोरा उल्लेख गरि वीर अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य उपस्थितीको आग्रह गरिएको छ । स्वास्थ्यकर्मी र चिकित्सकलाई एप्रोन र अन्य कर्मचारीहरुलाई सरकारी पोसाकमा उपस्थित हुनु भनिएको छ ।
सबैमा स्वास्थ्य भन्ने अवधारणाका साथ मन्त्रालय सम्हालेका मंन्त्री बस्नेत आफनै मन्त्रालयका कर्मचारीहरुका कारण अहिले बदनाम हुँदै छन् भने यस्ता पत्रले जनतामा कस्तो संन्देश जान्छ भन्ने कुरा मन्त्री बस्नेतले नबुझने कुरै भएन । कार्यक्रमको नाम सेतो कोट दिवस भनिए पनि कार्यभारको १०० दिने कार्यक्रम गरेर मन्त्री बस्नेतले गरेका उत्कृष्ट कार्यलाई सरकारी कर्मचारीहरूको चाकडी पत्रले मन्त्री बस्नेतको छविमा दाग लगाउनुका साथै बदनाम र बिबादित बनाउन खोजीदै छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर