भारतीय नक्क्ली शैक्षिक प्रमाणपत्र काण्ड : आमरण अनसन बस्छु भन्थे जेलको हावा खान पुगे कांग्रेस सांसद डा. शर्मा
- श्रावण २६, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
केही दिन अघि प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले जोडदार रुपले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गरेका थिए । बिराटनगरका होनहार मेडिकल माफिया डा. शर्माले यदी यी दुई मन्त्रीले राजीनामा नदिएमा आफू आमरण अनसन बस्ने सम्म उनले प्रतिनिधिसभामा बोल्ने क्रममा भनेका थिए ।
उनले आमरण अनसन गर्न खोजेको बिषय बस्तु चाँही अहिले चर्चाको चुलीमा रहेको १०० किलो सुनकाण्ड थियो । यही सुनकाण्डको बिषयलाई लिएर सांसद शर्माले हंगामा मच्चाएका थिए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १०० किलो सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै सांसद शर्माले गृहमन्त्री अर्थमन्त्रीको राजीनामा माग गरेका थिए ।
प्रतिनिधि सभामा बोल्ने क्रममा उनी भन्दै थिए , उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्न सक्नुपथ्र्यो , समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो’ होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म दुई मन्त्री राजीनामा प्रतिनिधि सभाको बैठकमा निकै कड्किया मेडिकल माफिया एवं सांसद शर्मा अहिले आफै जेलको हावा खाँदै छन् ।
स्वास्थ्य क्षेत्रमा निकै दख्खल बताउने मेडिकल माफिया शर्माको नेतृत्वमा सिनामंगलमा रहेको काठमाडौंं मेडिकल कलेजलाई नजिकबाट बुझ्दा पनि पत्ता लाग्छ कि स्वास्थ्य क्षेत्रमा डा. शर्मा कति होनहार छन् भनेर । शर्माले मेडिकल कलेजलाई जनतालाई स्वास्थ्य क्षेत्रमा दिने सेवा भन्दा आर्थिक आम्दानीको स्रोतको रुपमा प्रयोग गरिरहेको उनलाई नजिकबाट चिन्नेहरु बताउने गर्छन् ।
अहिले तिनै शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीको) फन्दामा परेका छन् त्यो पनि भारतीय नक्कली प्रमाणपत्र काण्डमा सोही बिषयलाई लिएर डा. शर्माको सचिवालयले बिज्ञप्ती जारी गरि यो झुठ हो भनेको छ । तर झुठ हो कि साँचो त्यो अनुसन्धानले पत्ता लागी हाल्छ ।
भारतीय नक्कली प्रमाणपत्र काण्डमा आफनै निवास गल्फुटारबाट डा. शर्मालाई सिआईबीले पक्राउ गरेको हो । उनी पक्रिएको जानकारी संसद सचिवालयलाई पनि दिई सकेको छ ।
शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेका शर्मा आफै स्वास्थ्य व्यवसायी भएर आफै नक्कली शैक्षिक प्रमाणपत्र बोक्दै हिड्छन् । भने उनी र उनको संस्थाले दिने सेवा कति सक्कली होला पनि सोच्नुपर्ने बिषय हो । आर्थिक दम्भले सिर्जित शर्माको स्वास्थ्य क्षेत्रमा लगानि भनेको सेवाभाव होइन कि जनता ठग्ने झुक्याउने एउटा यन्त्र मात्र हो । जुन कुराको प्रमाण उनले नेतृत्व गरेको संस्था काठमाडौं मेडिकल कलेजमा दैनिक जसो देखीने चर्तिकला बाट पनि थाहा हुन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments