सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले मागे सदनको अवरोध खुलाउन राष्ट्रपतिको सहयोग

- श्रावण २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेटमा संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर