•  ११ पुष २०८१, बिहीबार

मेस्सीको प्रस्थान तथा नेयमार र एमबाप्पेसँग क्लबको असन्तुष्टिले मैदानमा असर

- श्रावण २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) नयाँ लिग सिजनको पहिलो खेलमा गोल गर्न असफल भएको छ । घरेलु मैदानमा लोरीएन्टविरुद्ध बल पोसेसनमा पकड जमाउँदै आक्रामक फुटबल खेलेपनि अवसर सदुपयोग गर्न नसक्दा पिएसजी गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयो । स्टार फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमारलाई टोलीमै नराखेको पिएसजीले उपाधि रक्षामा सोचेजस्तो सुरुवात गर्न सकेन ।
पिएसजीले खेलमा ७८ प्रतिशत बल पोसेसन राख्दै थुप्रै आक्रमण सिर्जना गरेको थियो । तर टोलीले प्रहार गरेका २० मध्य ४ प्रहारले मात्र विपक्षी गोलरक्षकलाई समस्या दिएको थियो ।
इन्ज्युरी समयमा म्यानुएल उगार्टेले गोल गर्न नजिक पुगेपी उनको प्रहार बाहिरिएको थियो । पिएसजीका लागि बार्सिलोनाबाट ट्रान्सफर भएका ओस्मान डेम्बेले टोलीमा थिएनन् ।

उनी अर्को खेलका लागि उपलब्ध हुनेछन् । अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीको प्रस्थान तथा नेयमार र एमबाप्पेसँग क्लबको असन्तुष्टिले मैदानमा पनि असर परिरहेको छ । यसबीचमा ब्राजिलियन फरवार्डले पनि क्लब छाड्ने भएका छन् ।

नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । क्लब र खेलाडी दुवैको सहमतिमा उनले यस सिजन नखेल्ने निर्णय भएको हो । एमबाप्पेको पक्षमा भने पिएसजीले उनलाई सम्झौता नविकरण गर्न दवाव दिइरहेको छ । एमबाप्पे भने यस सिजन क्लबमै बसेर अर्को सिजन फ्री एजेन्ट बन्ने सुरमा छन् ।
लिगकै अर्को खेलमा मार्सेले राइम्सलाई २–१ ले पराजित गर्यो । त्यसअघि शुक्रबार राती निस र लिलको खेल १–१ को बराबरीमा सकिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर