मन्त्रिपरिषद् : किराँती र मोदी आउट – तामाङ र अनितादेवी इन हुँदै
- श्रावण २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र र जनमत पार्टीबाट एक–एकजना मन्त्रीको थप्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री दाहालले आइतबार नै शपथग्रहण गराउने तयारी गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। प्रधानमन्त्री दाहाल चितवनमा रहेकाले काठमाडौं फर्किएपछि मन्त्री नियुक्तिको पत्र राष्ट्रपतिलाई पठाइने छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको पत्र आएपछि शपथग्रहण गर्ने जनाएको छ। ‘अहिलेसम्म प्रधानमन्त्रीज्यूबाट पत्र आएको छैन। पत्र पाएपछि शपथ गराउन हामी तयार नै छौँ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। माओवादीबाट हितबहादुर तामाङ र जनमतबाट अनितादेवी मन्त्री बन्दै छन्। प्रधानमन्त्री दाहालले पर्यटनमन्त्री सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments