गैरे सुरेका ‘भोले शंकर तिम्रै रुप भयंकर’ बजारमा आउँदै
- श्रावण २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश गैरेले ‘भोले शंकर तिम्रै रुप भयंकर’ बोलको शिव भजन बजारमा ल्याउने भएका छन् ।
सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौं कमान्ड तथा स्टाफ कोर्षमा सर्वोत्कृष्ट स्थान हासिल गरेका गैरे नेपाली सांगीतिक क्षेत्रमा गैरे सुरेका नामले परिचित छन् । डिएसपी गैरेले डा. कृष्णहरि बरालको लेखन रहेको शिव भजन ‘भोले शंकर, तिम्रै रुप भयंकर’ सोमबार सार्वजनिक गर्ने भएका छन् ।
फुलबारी नेपालले प्रस्तुत गर्न लागेको उनको भिडियो पशुपतिलगायतका स्थानमा छायांकन गरिएको थियो । उक्त भजनमा कृष्ण ढकाल, कमल तिमिल्सिना, लव सापकोटा, दिपकराज बराल, दामोदर धोदारी, रमेश भुवजी, रोहित घिमिरे, विकास घिमिरे, पशरुराम लामिछाने, प्रमोद विष्ट, सत्यराम पुरी, देवेन्द्र रोक्का र स्वयं सुरेश गैरेले अभियन गरेका छन् ।
‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका सुरेशले ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत दिएका छन् ।
‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ गीतहरू ज्यादै लोकप्रिय छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments