सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्न बेर छैन : एमाले अध्यक्ष ओली

- श्रावण २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताएका छन् । ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’

एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्नेे बताए ।
‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन, दलिय गठबन्धन अगाडि आउँछ’, एमाले अध्यक्ष ओलीले अगाडि भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर