•  २५ पुष २०८१, बिहीबार

विश्व सेरोफेरो : रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित ६ जनाको मृत्यु

- श्रावण २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
दक्षिणी युक्रेन ।

दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ । रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताएका छन् । सिरोका बल्का गाउँमा उनीहरु मारिएका हुन् । सानिस्लाभ गाउँमा पनि तीन जनामारिएका उनले बताए ।

खेरसनका दुई भिन्न स्थानमा भएका अक्रमणमा चार जना घाइते भएका जानकारी दिँदै मन्त्री क्लाइभेन्कोले जसरी भएपनि आक्रमणकारीलाई परास्त गर्नैपर्ने बताएका छन् ।

गत वर्षको प्रारम्भमा रुसीसेना खेरसनबाट फर्केपछि त्यहाँ रुसी आक्रमण रोकिएको छैन । गतवर्षको सेप्टेम्बरमा खेरसन रुसको नियन्त्रणमा आएको दावी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर