एक क्विन्टल सुन काण्ड : महरालाई माओवादीको प्रश्न, सुन तस्करसँगको सम्बन्ध के हो ?
- श्रावण २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा माओवादी केन्द्रले ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई आग्रह गरेको छ ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलका निरन्तर सम्वाद भएको कल रेकर्डले देखाएको छ । तर उनीहरुलाई प्रहरीले सोधपुछसम्म नगरेपछि सरकारमाथि पनि प्रश्न उठेको छ ।
मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा महराबारे कुरा उठेको एक पदाधिकारीले जानकारी दिए । सुरुमा प्राप्त प्रमाणले महराको संलग्नता नदेखेको भए पनि अहिले कल डिटेल आएकाले अब महराले यसबारे प्रष्ट पार्नुपर्ने नेताहरुको जोड छ ।
एक क्विन्टल सुन काण्डमा मुछिएका चिनियाँ नागरिकसँग जोडेर प्रश्न उठेपछि उपमहासचिव वर्षमान पुनले स्पष्ट पारेको भन्दै एक नेता भन्छन्, ‘यसमा पनि पहिला त सम्बन्धित व्यक्ति ९महरा० ले प्रष्ट पार्नुपर्यो भन्ने कुरा भएको छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments